नगरपालिका कर्मचारी सहित १७ जना पुरस्कृत

व्यास नगरपालिकाको ३४ औ नगर सभामा उत्कृष्ठ कार्य गर्ने उपभोक्ता समिति र टोल विकास संस्था तथा अधिकतम कर तिर्ने करदाता लगायत उत्कृष्ठ कार्यसम्पादन गर्ने कर्मचारीहरु समेत १७ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा नगरपालिकाको शाखा प्रमुखमा वरिष्ठ आलेप अधिकृत कुमार कञ्चन जिसि, शाखा अधिकृत मेघनाथ आचार्य, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाई शाखा प्रमुख भाग्यशाली ढुंगानालगायत छन् ।

त्यस्तै उपभोक्ता समिति र टोल विकास संस्था तथा अधिकतम कर तिर्ने करदातालाई पनि सम्मान गरिएको छ । नगरप्रमुख न्यौपाने, उपप्रमुख मिरा जोशी र प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले संयुक्त रुपमा सम्मान गरेका हुन् । उनीहरुलाई जनही नगद १७ हजार रुपैयाँ तथा नगदका साथमा पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button