चुनाव जित्न नेता भण्डारीको संयोजकत्वमा गठबन्धनद्धारा निर्वाचन ‘हाइकमाण्ड’ गठन

दमौली खबर संवाददाता

दमौली,चैत २४

निर्वाचन जित्नको लागि बामलोकतान्त्रिक गठबन्धनले उच्च स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जीत हासिल गराउन हाई कमाण्ड गठन गरिएको हो । यही वैशाख १० गते हुन गइरहेको तनहुँ–१ को उपनिर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा उच्च स्तरीय निर्वाचन समिति गठन गरेको हो ।

गठबन्धनमा आवद्ध तनहुँका राजनीतिक दलहरुको बिहीबार सम्पन्न सयुक्त बैठकले गठन गरेको नेपाली कांग्रेस तनहुँका सदस्य डम्बरबहादुर अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार समितिको सदस्यहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु प्रदीप पौडेल, धु्रव वाग्ले ,माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकाल , माओवादीका केन्द्रका केन्द्रीय सदस्यहरु सुरेश आले मगर ,हरिबहादुर चुमन , आशा कोइराला, एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य प्रतापलाल श्रेष्ठ , एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु कृष्णकुमार श्रेष्ठ, कलिला खान, नेता विद्या ढकाल ,शंकर पोखरेल, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी सदस्य शिवलाल थापा, केन्द्रीय सदस्यहरु शर्मिला थापा आचार्य, पासाङ थापा, अर्जुन लम्साल हुनुहुन्छ ।

जिल्ला स्तरीय अनुगमन तथा सहजीकरण समिति गठन

यसैबीच सत्तारुढ गठबन्धनले नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको संयोजकत्वमा जिल्ला स्तरीय अनुगमन तथा सहजीकरण समिति समेत गठन गरेको छ । गठबन्धनमा आवद्ध तनहुँका राजनीतिक दलहरुको बिहीबार सम्पन्न बैठकले समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा गठबन्धन दलको प्रतिनिधि सदस्यहरु रहेका छन् । त्यसैगरी नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्यामकुमार मौरतीको संयोजकत्वमा निर्वाचन परिचालन समिति समेत गठन गरिएको छ ।निर्वाचन परिचालन समितिमा गठबन्धनका दलका प्रतिनिधिहरुको सहभागिता रहनेछ । त्यस्तै पालिका स्तरमा नेपाली कांग्रेसका सभापतिहरुको संयोजकत्वमा पालिका स्तरीय परिचालन समिति गठन गरिएको छ । सो समितिमा समेत गठबन्धन दलका प्रतिनिधिहरुको सहभागिता रहको छ । बैठक नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको सभापतित्वमा सम्पन्न भएको थियोे । बैठकमा माओवादी केन्द्रका तर्फबाट जिल्ला अध्यक्ष मदन आले, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम कार्की , जनता समाजवादीका जिल्ला अध्यक्ष अर्जुन गुरुङ सहभागी हुनुहुन्थ्यो । बैठकमा सहभागी सबैले गठबन्धन उम्मेदवार गोविन्द भट्टराईलाई जिताउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button