तनहुँका राजनीतिक दलहरुद्धारा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिबद्धता

दमौली खबर संवाददाता

तनहुँ, चैत २४ गते

तनहुँ–१ को वैशाख १० गते तनहुँमा हुन गइरहेको प्रतिनिधी सदस्यको उपनिर्वाचनका लागी राजनीतिक दल तथा विभिन्न सरोकारवालाहरूले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागी सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता जाहेर गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले आचारसंहिता विरुद्ध कुनै पनि कार्य नगर्ने र निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको बताउनुभयो । नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कँडेलले आचार संहिता पालना गर्नु सबैको दायित्व भएको आफ्नो पार्टी प्रतिबद्धत भएको बताउनुभयो । स्वतन्त्र पार्टी नेपाल तनहुँका सभापति विकास सिग्देलले विगतमा जस्तो राज्यका नियमनकारी निकाय प्रहरी प्रशासनबाट मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा साना दल, ठुला दल भनेर व्यवहार फरक गरिएको गुनासो गर्नुभयो । उहाँले नियम, कानुन एवम् निर्वाचन आयोगले जारी गरेको आचार संहिता पालना गर्न प्रतिबद्ध रहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले आचार संहिता उल्लङ्घ भएमा सञ्चारकर्मीले समाचार लेख्नु पर्ने त्यस्तो कार्यले उल्लङ्घन गर्ने हतोत्साही हुने बताउनुभयो । मूख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले निर्वाचन आयोगले दलहरुसँग छलफल गरी आचार संहिता बनाएकोले पालनका गर्न कठिनाई नहुने बताउनुभयो । ‘‘दलहरु पालना गर्न कठिनाई नहुने गरी छलफलबाटै आचार संहिता बनाईएको यसको सबैले पालना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्लाका सुरक्षा निकाय, विभिन्न राजनीतिक दलका प्रतिनिधि, मानव अधिकारकर्मी, सञ्चारकर्मी, लगायतका विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो । निर्वाचन आचार संहिताको बारेमा जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनु भएको थियो । ढकालले राजनीतिक दल, दलका भातृसङ्गठन तथा सम्बन्धित व्यक्ति एव्म सञ्चारकर्मीले पालना गर्नुपर्ने आचारणको बारेमा जानकारी दिनुभएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button