व्यासमा हलगोरु पाल्ने १२ कृषकलाई अनुदान बितरण

दमौली खबर संवाददाता

दमौली, चैत २४

व्यास नगरपालिका–१ नं वडा कार्यालयले हलगोरु पाल्ने कृषकलाई अनुदान प्रदान गरेको छ ।

१२ जना कृषकलाई जनह दश हजारका दरले गरी एक लाख २० हजार अनुदान रकम प्रदान गरिएको हो ।

अनुदान रकम एक कार्यक्रमबीच व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रकम प्रदान गर्नुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले पछिल्ला समयमा गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको बताउनुभयो । अनुदान रकमले गोठ सुधार तथा गोरुका लागि आवश्यक पर्ने आहारविहारमा खर्च गर्न समेत उहाँले कृषकलाई सुझाव दिनुभयो ।

हाते ट्रयाक्टर खरिद गर्न नसक्ने कृषकलाई मध्यनजर राख्दै गोरु पाल्ने कृषकलाई प्राथमिकतामा राखेको अनुदान प्रदान गरिएको वडाध्यक्ष रमेशचन्द्र हड्खलेले जानकारी दिनुभयो । गोरुले जोत्ने परम्परा लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण गर्न र कृषकलाई टिकाइ राख्न गोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिएको वडा कार्यालयले जनाएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकका लागि अनुदान दिने कार्यक्रम ल्याएसँगै तथ्याङ्क सङ्कलन गरी अनुदान प्रदान गरेको वडा सचिव मञ्जु कँडेलले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button