नमुना बने म्याग्देका सामुदायिक वन

दमौली खबर संवाददाता

दमौली, फागुन ३० गते

म्याग्देमा रहेका सामुदायिक वनले नमुना काम गरेका छन् । नमुना कामलाई थप प्रभावकारी बनाउन सव डिभिजनवनकार्यालय म्याग्देले गुणादी अन्तरगत रहेका सामुदायिक वन उपभोक्ता समुहहरुको अन्र्तक्रिया गोष्ठी गरिएको छ ।

डिभिजन वनकार्यालयको वार्षिक कार्यक्रम बमोजिम सव डिभिजन वनकार्यालय म्याग्दे गुणादी अन्तरगतका ८२ समुहहरु मध्ये ४० सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी प्रतिनिधिहरु अध्यक्ष, सचिव र कोषाध्यक्ष गरि कुल ४५जनाको सहभागी रहेको वनअधिकृत कृष्ण प्रसाद भट्टले जानकारी दिनु भयो । डिभिजन वनअधिकृत कोमलराज काफ्लेले सामुदायिक वन उपभोक्ता समुहले कार्य योजना अनुसार बाक्लो भएको वन र बुढा पुराना रुख कटानी गरि बढी भन्दा बढी काठ उत्पादन गर्न जोड दिनु भयो । सामुदायिक वनमा भएको श्रोत साधनप्रयोग गरि पुनरुत्पादनहुने प्राकृतिक स्रोतलाई आर्थिक रुपमा उत्पादनमुलक वनाउन समुहलाई आग्रह गर्दै सामुदायिक वन उपभोक्ता समुह उद्यम विकास तर्फ अग्रसर हुनु पर्ने वताउनु भयो ।

गोष्ठीमा अधिकांश वनउपभोक्ता समुहका अध्यक्षहरुले वनको वर्तमान निति नियममा रहि समुहले वनको संरक्षण सम्वर्धन गरि रहेको र गरिव विपन्न वर्गको जिविको पार्जनमा उल्लेखनिय कार्य गरेको जानकारी गराउनु भयो । म्याग्दे सव डिभिजन वन कार्यालय अन्तरगतका विभिन्न समुहहरुमा उत्पादनमुखी र जिविकोपार्जन सहयोग कार्यक्रम संचालन भई रहेका छन् ।

समुहले २५ प्रतिशत आम्दानी वन विकास कार्यमा खर्च गर्नु पर्ने र बाँकी रकमको आधा जिविको पार्जन महिला सशक्तिकरण उद्यम विकासमा खर्च गर्नु पर्ने र वाँकी रकम समुहको हितको कार्यमा लगाउनु पर्ने प्रावधान रहेको छ । सो बमोजिम उपभोक्ता समुहले धेरै उल्लेखनीय कामहरु संचालन गरेको सहभागीहरुले वताउनु भयो । ज्यान्टाङ पधेरा खोला समुहका सचिव भुपेन्द्र रानाभाटले समुहले ट्रिहाउस संचालनगरि पर्यापर्यटनविकास गरेको जानकारी गराउनु भयो साथै उक्त क्षेत्रमा वरादी सामुदायिकवनले जिविको पार्जनका लागि विपन्नवर्गलाई सामुहिक धान खेती र टाईगर हिलपार्क संचालन गरेको, उमाचोक सा वन समुहले सामुदायिक वनमा फलफुल खेती गरेको, कोईदिम सामुदायिक वनले कटुसका मुढामा सिताके च्याऊ खेती गरेको, सपनकोट ओडारे सामुदायिक वनले नमुनाप्लट स्थापन ागरि वन सम्वर्धन गरेको, मानेभन्ज्याङ सामुदायिक वन उपभोक्ता समुहले आगलागी वन डढेलो नियन्त्रणको लागि वन डढेलो नियन्त्रण उत्तरदायी समिति गठन गरि प्रभावकारी रुपमा वन डढेलो नियन्त्रण गरेको ,श्रीडाडा सामुुदायिक वनले खयरको नमुना प्लटवनाई खयर उत्पादनबाट लाखौ आम्दानीगरि विपन्नलाई वाख्रापालनमा लगानी गरेको, कार्यक्रमहरुको सफलताबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा वन कार्य योजना अनुसार प्रभावकारी कार्यक्रम संचालन गर्न आई परको आधा समस्या र समाधानका उपायहरु वारे छलफलभएको थियो ।

सो कार्यक्रममा सामुदायिक वनमा वन डढेलोबाट जोगाउन अग्नी रेखावनाई उपभोक्ता समुहले नियन्त्रित आगो लगाउनु पर्ने, चोरी शिकारी नियन्त्रण गर्नु पर्ने समुहले नियमित वन सम्वर्धनका कार्यहरु गोडमेल गर्ने, हाँगा लहरा झाडी काँटछाँट कार्यक्रम सम्पन्न गरि वनलाई उत्पादन मुलक वनाउनेतर्फ व्यापक छलफल भएको थियो । गोष्ठी अन्त्यमा वराही सामुदायिक वनउपभोक्ता समुहका अध्यक्ष मुक्तीनाथ खनालले यस्ता अन्र्तक्रिया कार्यक्रम मासिक रुपमा घुम्ती वैठकको रुपमा संचालन गर्न आग्रह गर्नु भएको थियो । गोष्ठीमा म्याग्दे गापा वडा नं १ का अध्यक्ष मणीभद्र वाग्लेले सामुदायिक वनउ पभोक्ता समुह र स्थानीय सरकार नङ र मासुको सम्वन्ध भएको भन्दै समुहका स्थानीयतहसँगको समन्वयनमा वन समुहको कार्यक्रम संचालन भएको वताउनु भयो । गोष्ठीमा वनका नयाँ नीति नियम स्थानीय वासिन्दा सम्म पुग्न नसकोले व्यापक जन चेतना अभिवृद्धि गरी उपभोक्ताहरुलाई सचेतना कार्यक्रम संचालन गर्न छलफल भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button