दमौली स्थित संगम क्लवमा आर्थिक हिनामिना भएको अरोप

दमौली खबर संवाददाता

दमौली, फागुन ३०

व्यास नगरनगर पालिका–२ दमौलीमा रहेको संगम क्लव स्थापना भएको लामो समय सम्म पनि आर्थिक पारदर्शी ढंगबाट अगाडी नबढेको र पारिवारिक सदस्यबाट चलाईएको भन्दै निश्पक्ष छानविनका लागि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल समक्ष सोमवार ज्ञापनपत्र बुझाइएको छ ।

संगम क्लवका पूर्व अध्यक्ष मछ्रिन्द्रा श्रेष्ठ, पूर्व कोषाध्यक्ष मंगलप्रसाद श्रेष्ठ, पूर्व सदस्यहरु गौँमाया श्रेष्ठ, चन्द्राबती पन्त, तिर्थराज पौडेल, सीता थापा तथा आजिवन सदस्य होम कुमारी श्रेष्ठ सहितको सयुक्त टोलीले ज्ञापनपत्र बुझाएको हो । क्लवका पूर्व सचिव सानुकाजी यथार्थले २०३७ सालमा स्थापना भई विभिन्न सामाजिक कार्यमा अग्रेणी भुमिका खेल्दै आएको संगम क्लव पछिल्लो समयमा निकै ठुलो आर्थिक विवादमा फसेको र अपारदर्शी ढंगबाट पैसाको अपचलन गरेको र सामाजिक कार्यमा नलागी व्यक्तिगत स्वार्थमा हिडेको ज्ञापनपत्र पढ्दै प्रमुख जिल्ला अधिकारी समक्ष सुनाएका थिए ।

वर्तमान अबैधानिक अध्यक्ष नरेन्द्रराज वाग्लेले आफु र आफ्नो एकाघरका सदस्यहरुलाई कार्यसमितिमा विधान विपरित राखी संगम क्लवको भवनबाट उठेको रकम मनोमानी ढंगबाट एकलाख ५ हजारका दरले सत्र वटा विद्यालयलाई वितरण गरेको तथा बार्षिक ७५ हजार आफु र आफ्ना परिवारका सदस्यहरुले दशै पेश्की खाएको त्यस अवसरमा बताइएको थियो । यसअघि गत असार १७ गते तनहुँका सहाक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रे समक्ष डेलिगेसन गई तीनवटा निणर्य गरिएको भएतापनि उक्त निर्णयहरु कार्यान्वयन नभएको बताइएको छ । संस्थाको सम्पतीको दुरुपयोग रोक्नको लागि प्रमुख जिल्ला अधिकारीमार्फत उक्त टोलीले ज्ञापनपत्र बुझाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button