कोरोनाको महामारीमा हातेमालो

दमौली खबर संवाददाता
दमौलीका बैंकहरुको साझा संस्था बैंकर क्लब अफ दमौलीले व्यास नगरपालिकालाई दुई थान अक्सिजन कन्सनट्रेटर मेसिन सहयोग गरेको छ । व्यास नगरपालिकाले व्यास ३ स्थित पुरानो कृषि विकास बैंकको भवनमा निर्माण गरेको आईशोलेसनमा रहेका बिरामीका लागि तत्काल अक्सिजन उत्पादन गर्दै वितरण गर्न मिल्ने प्रविधियुक्त मेसिन हस्तान्तरण गरिएको हो ।
क्लबका अध्यक्ष राजु रानाले व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेलाई उक्त मेशिन हस्तान्तरण गरेका हुन् । कोभिड–१९ को विषम परिस्थितिमा नगरवासीको जीवनरक्षाका लागि सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका रानाले बताए ।

उनका अनुसार रु दुई लाख ५४ हजार बराबरको सामग्री नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नगरप्रमुख न्यौपानेले सङ्कटको घडीमा संस्थाले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्दै सामूहिक प्रयासबाट कोभिड नियन्त्रण सम्भव रहेको बताए । यस अघि लायन्स क्लब अफ तनहुँले पनि नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको थियो । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन क्लबले नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

समाजसेवा नै मूल मन्त्र ठानेर सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्थाले नगरवासीको जीवनरक्षाका लागि उक्त सहयोग गरेको लायन्स क्लब अफ तनहँुका अध्यक्ष भण्डारीले बताए । त्यस्तै आँबुखैरेनी गाउँपालिकालाई करुणा फाउण्डेशन काठमाडौँले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । गाउँपालिकालाई फाउण्डेशनले दुई थान कन्सन्ट्रेटर सहयोग गरेको हो । कोभिड महामारीका बेला संस्थाले गरेको सहयोगले सङ्क्रमितको उपचारमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button