पाथर्दीमा सिकाईयो कौराहा

भिमाद नगरपालिका–९ पादर्थीमा कौराहा सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ।यहाँका बालबालिका र किशोर किशोरीलाई कौराहा नाच्न र गाउन सिकाउनलाई प्रशिक्षण प्रदान गरिएको हो । पाथर्दी सामुदायिक होमस्टे साँस्कृतिक विभागको आयोजनामा शुक्रबार र शनिबार दुई दिन प्रशिक्षण दिएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले बताए । उनका अनुसार २० जना सहभागी थिए ।‘होमस्टे सञ्चालन गरेपछि पाहुनालाई कौराहा देखाउदै आएका थियौँ । कौराहाको बारेमा अझ धेरै जान्न बाँकी छ ।

त्यसैले प्रशिक्षण आयोजना ग¥यौँ’,उनले भने । नृत्य निर्देशक सर्जन थापा मगरले कौराहाको बारेमा प्रशिक्षण दिएका हुन् । कौराहाको उद्गमथलो तनहुँको ऋषिङलाई मानिन्छ । मगर समुदायमा प्रचलित कौराहा पछिल्लो समय आदिवासी जनजाती समुदायको गहना बनेको छ । नेपाली लोक संगीतामा पनि कौराहाले आफ्नो छुट्टै पहिचान बनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button