मतदानको महत्व बुझौं

तनहुँमा ११३ वर्ष र १०४ वर्षका दुई वृद्धाले मतदान गरेर दुई सन्देश प्रदान गर्नु भएको छ । मतदान गर्नु पर्छ र मानिस दिर्घायु भएर बाच्न सकिन्छ भन्ने ।   तनहुँको भानु नगरपालिका–५ सेपाबगैंचा स्थित ११३ वर्षिय गोपीमाया पोख्रेल र  आँबुखैरेनी गाउँपालिकाको –१ स्थित सत्रसय निवासी १०४ वर्षीया वृद्वा मनकुमारी लामिछाने मतदान गरेर विशेष गरेर मतदानको लागि उमेर छेक्देन भन्ने सन्देश फैलाउन टेवा पुगेको छ । अर्को पटक पनि भोट हाल्ने धोको रहेको उहाँहरुले बताउनु भएको छ । देशभरी ६१ प्रतिशत र तनहुँमा ५५ प्रतिशत मात्रै मत खस्नुले मतदातामा उत्साह नदेखिएको बेला तनहुँका जेष्ठ नागरिकले मतदान प्रयोग गरिनु पर्छ भन्ने उदाहरण दिनु भएको छ ।  विशेष गरेर राजनीतिक पार्टीको काम प्रति जनताको चित्त नबुझ्नु र राजनीतिक पार्टीले पनि भोट खसाल्नको लागि उत्प्रेरणा नदिएकोले मतदानमा कमी आएको हो । जुन जोगी आएपनि कानै चिरेका भन्ने अवस्था नआईनका अब निर्वाचित जनप्रतिनिधीले जनताको हितमा काम गर्ने र सुशासनलाई प्राथमिकता दिन आवश्यक छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button