तनहुँका पालिकाहरु लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सञ्चालन

दमौली खबर संवाददाता
दमौली, मंसिर १९ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत तनहुँको १० वटै स्थानीय पालिकामा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यसै क्रममा आँबुखैरेनी गाउँपालिका वडा नं. ४ को आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडा कार्यालयले सोमबार चण्डेश्वरी आधारभुत विद्यालय आमडाडाँ बेसीमा सचेतना कार्यक्रम गरिएको छ ।
सभ्य समाजको पहिचान, लैंङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ उक्त विद्यालयमा कार्यक्रमको आयोजना गरिएको थियो। आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा नं. ४ का वडाध्यक्ष मिलन भुजेलले गरेका थिए भने ईलाका प्रहरी कार्यालय, आँबुखैरेनीका प्रहरी सहायक निरिक्षक सुरेन्द्र थापाको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक अन्जना तिमिल्सिनाले सहजिकरण गरेका थिए भने चण्डश्वरी आधारभुत विद्यालयका विद्यार्थी, व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, शिक्षिका, अभिभावक सहित ७४ जनाको उपस्थिति रहेको वडा नम्बर ४ ले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button