निर्वाचनलाई भय रहित बनाउन मूख्यमन्त्री पोख्रेलद्धारा निर्देशन

दमौली खबर संवाददाता
अमरराज नहर्की:-तनहुँ समाचारदाता
तनहुँ, कात्तिक ८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनलाई निष्पक्ष, भय रहित र सुरक्षित तवरले सम्पन्न गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । तनहँुको बन्दीपुरमा सम्पन्न गण्डकी प्रदेशका सात वटा जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकलाई आईतबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखेलले सो निर्देशन दिनु भएको हो ।
     निर्वाचन लक्षित गतिविधिहरूमा सीमित साधन स्रोतका वावजूद सुरक्षा निकायले उत्कृष्ट कार्य गरिरहेको चर्चा गर्दै आउँदा दिनमा आउन सक्ने चुनौतिलाई समाधान गर्न आवश्यक सुरक्षा योजना, रणनीति तय गरी अन्य सुरक्षा निकायसँग आवश्यक सहकार्य एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा मूख्मन्त्री पोखरेलले जोड दिनुभयो । प्रदेशको आन्तरिक मामिला मन्त्रालयका आयोजनामा भएको कार्यक्रममा तनहुँ, कास्की, स्याङ्जा, गोरखा, नवलपुर, लमजुङ र मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
      सुरक्षा निकायका प्रमुखले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहित बनाइने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विकले प्रदेशका जिल्लाहरुको सुरक्षा अवस्था, अन्तर जिल्ला समन्वय, प्रदेश सरकारसँगको अपेक्षा, पालिकाहरुसँगको समन्वयका बारेमा जानकारी लिनका लागि बैठक राखिएको जानकारी दिनुभयो । कार्यक्रममा  जिल्लाको सुरक्षाको बस्तुस्थिति , श्रोतसाधन विपद व्यवस्थापन, प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को लागि सुरक्षा व्यवस्थापन लगायतका विषयमा प्रस्तुतिकरण तथा छलफल भएको थियो ।
  सो कार्यक्रममा मन्त्री बिकले निर्वाचनलाई निष्पक्ष एवम् भयरहित तवरले सम्पन्न गराउन आफ्नो व्यावसायिकता प्रदर्शन गर्ने अवसरको रुपमा लिनुपर्ने उल्लेख गर्दै निर्वाचनको सुरक्षामा खटिने सबै सुरक्षाकर्मीहरूले निर्भिकताका साथ जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्नुभयो । स्थानीय तहको निर्वाचनमा भएका सफल अभ्यासहरूलाई पछ्याउँदै सबै प्रदेश नेपाली सेना, शसस्त्र प्रहरी  र जनपथ प्रहरी एकआफ्समा समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button