सिंगुसले चिलेर मृत्यु भएका सुवेदीको परिवारलाई आर्थिक कठिनाई मन्त्री बिकद्धारा राहतको लागि पहल गर्ने प्रतिबद्धता

दमौली खबर संवाददाता
शंकरराज नहर्की
तनहुँ, कात्तिक १२ । सिंगुसले चिलेर मृत्युु भएका व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ गङ्गाप्रसाद सुवेदीको परिवारलाई आर्थिक कठिनाई भएको छ । फलफूल बिकी गरेर परिवार पाल्दै आउनु भएका सुवेदीको मृत्यु पछि परिवारलाई आर्थिक समस्या परेको हो । आर्थिक समस्या परेका सुवेदीको परिवारलाई राहत दिनु पर्ने माग राखिएको छ । वन ऐन अनुसार जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएमा राहत पाए जस्तै सिंगुस (अरिङ्गाल) चिलेर मृत्यु भएमा पनि सहयोग पाउनु पर्ने माग राखिएको हो । सुवेदीको कत्तिक २ गते अरिङ्गाले चिलेर मृत्यु भएको परिवारलाई राहत पाउनु पर्ने माग स्थानीय बासिन्दा तथा जनप्रतिनिधीको छ ।
 ‘‘सिंगुसले मृत्यु हुँदा राहत नपाउने तर जङ्गली जनाबरको आक्रमण मृत्यु हुँदा पाउने भेदभाव पूर्ण ऐन भएकोले सच्चाउनु पछ’ व्यास नगरपालिका–११ का वडा सदस्य रामकृष्ण अधिकारीले भन्नुभयो । विपन्न सुवेदी परिवार  राहत पाउने व्यवस्था नहुँदा समस्या परेको स्थानीय गणेश पोख्रेलले बताउनुभयो । ‘वन ऐन भेदभाव पूर्ण हुँदा राहतबाट बञ्चित हुनु पर्ने अवस्था आएको छ यसलाई संशोधन गरिनु पर्दछ’ पोख्रेलले भन्नुभयो । सुवेदीलाई व्यास नगरपालिका–१ तालघरेमा सिंगुसले चिलेर मृत्यु भएको थियो । सुवेदी ससुरालीले दिएको जमिनमा सामान्य घर बनाएर बसेको र परिवारको आम्दानीको बाटो नहुँदा जीवन यापन गर्न कठिनाई भएको वडा सदस्य अधिकारी बताउनुहुन्छ  ।
स्वर्गिय सुवेदीको  परिवारलाई गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे बिकले शुक्रबार भेट्नु भएको छ । सुवेदी निवास रानीगाउँमा पुगेर निवासमा बिकले सुवेदीको श्रीमती, छोराछोरी, दाजुभाई भेटेर समवेदना व्यक्त गर्नुभयो । सो अवसरमा आम्दानीको स्रोत नहुँदाँ सुवेदीको परिवारलाई जीवन धान्न धौ धौं पर्ने अवस्था आएकोले मद्धत गर्न स्थानीयले मन्त्री बिक समक्ष आग्रह गरेका थिए ।
जङ्गली जनावरको आक्रमणले मृत्यु भएमा वन ऐन अनुसार राहत दिने व्यवस्था भएपनि सिंगुसले चिलेर मृत्यु भएमा सुविधा नभएले समस्या परेको मन्त्री बिकले बताउनुभयो । प्रदेश सरकारको तर्फबाट दिन मिल्ने सहयोग गर्ने र सिंगुसको आक्रमणबाट वर्षेनी मानिसको मृत्यु हुने गरेको र त्यसलाई पनि संबोधन गर्ने गरी राहतको लागि पहल गर्ने मन्त्री विकको भनाई थियो । शुक्रबार नै नेपाली काँग्रेस तनहुँका सदस्य मोहन गिरीले पनि सुवेदी परिवारलाई भेट गरी समवेदना व्यक्त गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button