माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले माघीको अवसरमा माघ १ गते बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापाका प्रेस सहयोगी किरण भट्टराईले मन्त्रिपरिषद्को आइतवारको बैठकले माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराए ।

साथै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन पुस २६ गते आइतवार राति १२ बजेदेखि अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय पनि गरेको छ ।यसैबीच जिल्ला प्रशासन तनहुँ माघे संक्रान्ति पर्व घरमै बसेर मनाउन आग्रह गरेको छ । आईतबार एक सुचना जारी गदै प्रशासनले कोरोनाको जोखिम कायमै रहेको भन्दै जिल्लाका नदी किनारामा स्नान गरी मनाइने चाडका क्रममा भिडभाड हुँदा घरमै बसेर मनाउद आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालद्वारा जारी सूचनामा भनिएको छ ,“आ–आफनोे संस्कार र संस्कृति अनुसार घर घरमै पूजापाठ र अन्य कार्यक्रम गरि चाड मनाउदाँ आफु सुरक्षित हुने र अरुलाई पनि सुरक्षित बनाउन सकिने भएकाले घरमै बसेर चाड पर्व मनाउन अनुरोध छ । ”

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button