विपन्‍न विद्यार्थीलाई न्यानो कपडा

व्यास नगरपालिकाको वडा नं २ को वडा कार्यालयले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको छ। वडा कार्यालयले सत्यवति माध्यमिक विद्यालयका ७३ जना विपन्‍न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

चिसोका कारणबाट विभिन्‍न रोग लाग्‍न सक्ने र न्यानो कपडा नभएकै कारणले विद्यालयमा नियमित विद्यार्थी नआउने परिपाटी रहेकाले त्यस्तो अवस्थाको अन्त्य गर्नका लागि वडा कार्यालयले स्विटर वितरण गरिएको वडा अध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए ।

घरमा आर्थिक अवस्था कमजोर भएका विपन्‍न परिवार छनोट गरी उनीहरूको साथमा स्थानीय सरकार रहेको अनुभूती दिनका लागि न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए । लक्षित वर्गको बजेट अन्तर्गत उक्त कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ ।

न्यानो कपडा वितरणपछि विद्यार्थी नियमित विद्यालयमा उपस्थिति हुने विश्वास नगरपालिकाको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य कल्पना पोखरेल, वडा सदस्यहरु टुक बहादुर हमाल, राधिका परियार, शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र सापकोटा, प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल, सहायक प्रधानाध्यापक अनिल श्रेष्ठ, शिक्षक कर्मचारी एवं लक्षित विद्यार्थीहरुको सहभागिता रहेको थियो । यसैबीच दमौलीमा चिसो अत्याधिक बढेकाले स्वास्थ्यको विशेष ख्याल गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

चिसो बढ्दै गएपछि बालबच्चा र बृद्धबृद्धालाई धेरै समस्या हुने भन्दै विशेष ख्याल राख्‍न स्वास्थ्यकर्मीले आग्रह गरिएका हुन्। बृद्धमा दमको समस्या र बालबच्चालाई निमोनियासमेत हुन सक्ने भएकाले झोलिलोसँगै तातोतातो खाना खान र न्यानो कपडा लगाउन तम्घास अस्पतालले आग्रह गरेको छ। स्वास्थ्यमा सामान्य समस्या देखा परे नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गराउन समधान अस्पतालका डा.रामचन्द ठकुरीले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button