वसन्त पन्चमी एवं सरस्वती पूजा तनहुँमा पनि विविध कार्यक्रम गरि मनाईयो वाराही आवासीय मावि र नेशनल एपोलो हस्पिटलबीच उपचारको लागि सम्झौता

दमौली खबर संवाददाता

दमौली, माघ १३ ।

हरेक वर्षको माघ महिनाको शुक्ल पक्षको पञ्चमीको दिन पर्ने वसन्त पञ्चमी एवं सरस्वती पूजा देशैभरी बनाइएको छ । विधि विधानपूर्वक पूजा गर्नाले विद्या वाणी र प्रसिद्धिको आशिवाद प्राप्त हुने विश्वास रहेको छ । विहिवार सरस्वती पूजा तनहुँ जिल्लाको सम्पूर्ण शैक्षिक संस्थाहरुमा भव्यताका साथ मनाइएको छ । यस दिन विद्यालय नगएका बालवालिकाहरुलाई अक्षर आरम्भ गराउने राम्रो साइत मानेर अक्षर आरम्भ, विद्यालय भर्ना लगायतका काम गरेको पाइन्छ ।

वसन्तपञ्चमीबाट ऋतृहरुकोराज बसन्त ऋतु आरम्भ हुन्छ । यस समयमा धर्तिमा उत्पादन क्षमता बढ्छ । रुख बुट्यानमा नयाँ पालवा पलाउछन् । सरस्वती पूजा गर्ने क्रममा दमौलीको बालमन्दिर माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, जलदेवी माध्यमिक विद्यालय, निर्मल माध्यमिक विद्यालय तथा बाराही आवसिय माध्यमिक विद्यालय विशेष रुपमा विविध कार्यक्रम गरी मनाइएको छ ।

यसैबिच व्यास–३ दमौलीमा रहेको बाराही आवसीय माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा विविध सांस्कृतिक कार्यक्रम गरि मनाइएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई तनहुँका प्रमुख वसन्तराज पौडेल, व्यास गरपालिका शिक्षा शाखा प्रमुख नविन पराजुली, विद्यार्थी, अभिभावक लगायतले सरस्वती पूजा तथा विद्याकी देवी सरस्वतीको महत्वमाथी प्रकाश पारेको विद्यालयका प्रचार्य उदित पौडेलले बताउनुभयो । कार्यक्रममा विद्यालयका अध्यक्ष शंकरनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । त्यस अवसरमा विद्यार्थीहरुले आ–आफ्नो सांङ्गीतीक प्रस्तुती राखेका थिए भने विद्यालय र एपोलो हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता समेत सम्पन्न भएको जनाइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button