सुत्केरीलाई सिर्जनशील दिदीबहिनीको सहयोग

भानु नगरपालिका ३ सम्जुरकी विपन्न सुत्केरीलाई दमौलीको सिर्जनशील दिदिबहिनी समुहले सहयोग गरेको छ । सुत्केरी हलिमा मियाको घरमै पुगेर आमा र बच्चालाइ कपडा, सिरक डसना खाद्यान्न सहित नगद पाँच हजार पाँच सय सहयोग प्रदान गरेको समुहकी अध्यक्ष नारायणी अधिकारीले जानकारी दिईन् । आर्थीक कारणले सुत्केरीले राम्रो स्याहार नपाएको थाहा पाएपछि घरमै गएर मियाकी श्रीमान् जमिरउदिनलाई हस्तान्तरण गरिएको उनले बताईन् ।

आर्थिक शारीरिक रुपमा नाजुक अवस्थारहेको मियालाई स्थानीय समाजसेवी वावुराम खनालको समन्वयमा सिर्जनशील दिदिबहिनी समुहले सहयोग गर्न पुगेको हो । उक्त सहयोग प्रदानमा समुहकी निर्वतमान अध्यक्ष गौकुमारी न्यौपाने, समु्हकी सल्लाहकार जया न्यौपाने लगायत सदस्यहरु मन्जु पौडेल ,सरस्वती पौडेल, सिर्जना घिमिरे ,बिमला दरैको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button