निः शुल्क आँखा तथा दन्त शिविरमा ८सय बढीले उपचार गराए

क्षेत्री समाज नेपाल भानु नगर कमिटीले आयोजना गरेको निः शुल्क आँखा तथा दन्त शिविरमा ८सय ५१ जनाले सेवा उपचार गराएका छन् । भानु नगरपालिका–५ सेपाबगैंचामा गरिएको शिविरमा ४ सय ७७ जनाले आँखा र ३सय ७४ जनाले दन्तको उपचार गराएका थिए । आँखाका बिरामी मध्ये १७ जनामा मोतीया बिन्दुको समस्या देखिएकोले थप उपचारको घारीपाटन आँखा अस्पताल पोखरामा पठाईएको क्षेत्री समाजको बुद्धिजिवी परिषदका सह सचिव चक्रबहादुर अधिकारी जानकारी दिए ।

दन्त शिविरको लागि दमौली स्थित ढोरबराही डेन्टलका सञ्चालक भरत पोख्रेल, दन्त्यरोग विशेषज्ञ डा. सन्जु थापा लगायतले मद्धत गरेका थिए । आँखा शिविरको लागि आँखा अस्पताल घारीपाटन पोखराका नेत्र अधिकृत गोविन्द बडु, नेत्र सहायकहरु मुना तजलिया, सरिता थापा र सन्तोष बरालले मद्धत गरेको समाजले जनाएको छ । पुरनडिही नगर अस्पतालका प्रमुख डा. सुगम प्रधान, डा. सुरज श्रेष्ठ, स्वास्थ्य सहायक सुभाष रेग्मी लगायतले पनि मद्धत गरेको प्रदेश सहसचिव कृष्णबहादुर घिमिरेले बताए ।

समाजका निवर्तमान केन्द्रीय अध्यक्ष प्रा.डा. चन्द्रबहादुर थापाले शिबिरको उद्घाटन गरे । समाजका केन्द्रीय सदस्य क्याप्टेन भरतबहादुर अधिकारीले यस्ता सामाजिक क्रियाकलाप आगामी दिनमा पनि निरन्तरता दिने र आफ्नो तर्पmबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

   भानु नगर कमिटीका अध्यक्ष रामबहादुर क्षेत्रीको अध्यक्षमा भएको शिवि।मा  केन्द्रीय सदस्य राजेन्द्रबहादुर अधिकारी, सल्लाहकार समुन्द्र गोदार, जिल्ला कार्य समितिका निवर्तमान वरिष्ठ उपाध्यक्ष इश्वरबहादुर विष्ट, भानुनगर कमिटीको सचिव शिवबहादुर खड्का कोषाध्यक्ष सीता कार्की लगायतको सफलताको कामना गरेका थिए । समाजले रक्तदान, सास्कृतिक जस्ता सामाजिक कार्यक्रम गर्दै आएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button