थपिए ४७ संक्रमित

दमौली खबर संवाददाता
पछिल्लो २४ घण्टामा तनहँुमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका २४ महिला र २३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै संक्रमणबाट तनहँुका दुई जनाको ज्यान गएको छ । भिमाद नगरपालिका वडा नं ६ का ७८ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिका वडा नं ९ की ५२ वर्षीय महिलाको पोखरामा उपचारको क्रममा मुत्यु भएको जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button