तनहँुमा जारी निषेधाज्ञा केही खुकुलो हुने

दमौली खबर संवाददाता
गएको वैशाख २२ गतेदेखि तनहँुमा जारी निषेधाज्ञालाई केही खुकुलो पारिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । हरेक दिन बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक वस्तु तथा सेवा खोल्न पाउने, बिहान १० बजेदेखि १ बजेसम्म बैंक तथा वित्तिय संस्थाहरु खोल्न पाईने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आर्चायले जानकारी दिए । ‘छापाखाना, पुस्तक तथा स्टेशनरी र वर्कसप खुल्ने छन् । ’ प्रमुख जिल्ला अधिकारी आर्चायले भने, ‘ मोडालिटी परिवर्तन गर्दै
बजारलाई केही खुकुलो पारिएको छ । अवस्था हेरेर निर्णय गर्दै जाने छौँ ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button