नेपाली काँग्रेस पूर्व सहमन्त्री गोविन्दराज जोशीद्धारा जमुना गुरुङको निधन प्रति दुःख व्यक्त

दमौली खबर संवाददाता
दमौली, भदौ ४ ।
     वीपी विचार समाज, क्षेत्र नं.१, तनहुँका सभापति केशरबहादुर गुरुङ शोकमा पर्नु भएको छ । गुरुङको फूपु भानु नगरपालिका–११ रुपाकोट, काफलश्वाँरा निवासी जमुना गुरुङको निधन भएकोले शोकमा पर्नु भएको हो । सो शोक प्रति नेपाली पूर्वसहमहमन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले दुःख व्यक्त गर्नु भएको हो । जोशीले शुक्रबार केशरबहादुर गुरुङलाई सम्बोधन गरी शोक प्रकाशित गर्नु भएको छ । तपाईको फूपु जमुना गुरुङको यही भदौ १ गते उपचारको क्रममा काठमाडौंमा १०२ वर्षको उमेरमा निधन भएको खबरले म अत्यन्त स्तब्ध र दुःखित भएको छु  उहाँको दिवंगत आत्माको चिरशान्ती र वैकण्ठ वासको कामना गर्दै केशरबहादुर गुरुङ, स्वर्गिय जमुनाको भाई ९६ वर्षिय एकबहादुर गुरुङ लगायत सबै शोकाकुल गुरुङ परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु भनि उल्लेख गरिएको छ । यसैगरी बिपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डितले पनि शुक्रबार शोक प्रकाशित गरि दुःख व्यक्त गर्नु भएको छ । पण्डितद्धारा जारी विज्ञप्तीमा असामायिक निधन भएकोे खबरले अत्यन्त मर्माहत र दुःखीत भएको उल्लेख गर्नु भएको छ ।
     यसैबीच विपी विचार समाज तनहुँले शनिबार स्वर्गिय परिवारजनलाई भेट गरी समवेदना प्रकट गरेको । विपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङ, समाजका जिल्ला अध्यक्ष हरिशरण पण्डित लगायतले भेट  गरी समवेदना व्यक्त गरिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button