नेता जोशीद्वारा स्वर्गीय गुरुङ्ग प्रति श्रद्धाञ्जली व्यक्त

दमौली खबर संवाददाता
नेपाली कांग्रेसका क्रियाशिल सदस्य एवं साविक धरमपानी गाउँ विकास समितिका वडा अध्यक्ष रेशमलाल गुरुङ्गको निधन प्रति नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री गोविन्द राज जोशीले गहिरो दुख व्यक्त गरेका छन् । उनले भने, ‘स्वर्गिय गुरुङ्गको हिजो बिहान ६ बजे बन्दिपुर ६ धरमपानी आफ्नै निवासमा निधन भएको हो । उहाँ केहि बर्ष अगाडी देखि अस्वास्थ्य हुनुहुन्थ्यो । उहाँको श्रीमती श्री माया गुरुङ्गको निधन भएको १३ औँ दिनमा गुरुङ्गको निधन भएको थियो ।’स्वर्गिय गुरुङ्ग भारतीय सेना बाट रिटायर मेन्ट भएका थिए । जब सेना बाट रिटायर मेन्ट भए त्यस पछि आफ्नो वडाको सेवा गर्नु पर्छ भनेर लामो समय सम्म वडा अध्यक्ष भएर धरमपानीको विकासमा जनताहरुलाई साथ दिदैँ आइरेका कुरा उनले बताए ।

उनले भने, ‘स्वर्गिय गुरुङ्गको श्रीमती श्री माया गुरुङ्ग पनि उक्त भेगको सक्रिय संगठन कर्ता हुनुहुन्थ्यो । स्वर्गीय श्री मायाको निधनले त्यस ठाउँमा ठूलो असर पारेको थियो भने झनै रेशमलालको निधनले धरमपानीलाई मात्रै नभै सिङ्गो नेपाली कांग्रेसलाई क्षती पुगेको छ ।’ स्वर्गिय गुरुङ्ग तनहँु क्षेत्र नं. १ को दक्षिण भेगमा रहेको अत्यन्त कर्मठ, लगनशिल र कुशल संगठन कर्ता रहेका कुरा उनी बताउँछन् । ‘दक्षिण भेगको कार्यक्रम गर्न जादाँ उहाँ सँग सम्पर्क गरेर गए पछि हरेक टोल टोलमा आफ्नो अग्रसरतामा नेताहरुलाई कार्यकर्ताहरु समक्ष भेटघाट गराउँने, विकास निर्माण साथै समस्याहरुको पहिचान गराउँने काम गर्नुहुन्थ्यो । आज त्यस्ता व्यक्तिलाई गुमाउनु पर्दा म ज्यादै दुःखीत भएका छु ।’ नेता जोशी बताउँछन् ‘एउटै घरको दुवै जना १३ दिनको विचमा मृत्यु हुँदाखेरी धरमपानी गाउँ नै शोकमा डुबेको छ । यस शोकको घडिमा स्वर्गिय रेशमलाल गुरुङ्ग र उहाँकी धर्म पत्नि स्वर्गिय श्री माया गुरुङ्ग प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

साथै शोक सम्तप्त परिवारजन छोरा धन बहादुर गुरुङ्ग, तुल बहादु गुरुङ्ग, मेख बहादु गुरुङ्ग, र खुम बहादु गुरुङ्ग अनि छोरीहरु ः परि माया गुरुङ्ग, पञ्च माया गुरुङ्ग र केश माया गुरुङ्ग प्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’ साथै उनले स्वर्गिय गुरुङ्ग र उहाँको श्रीमतीको बौद्ध धर्म अनुसार संप्रदायीक दाहसंस्कारको अन्तिम दिन असार ४ गते भएको हुदाँ त्यस कार्यमा उपस्थित हुनुहुने दाजुभाइ, दिदि बहिनी साथै कांग्रेस मित्रहरुमा शोकलाई शक्तिमा बदल्नको लागि भगवानले साथ दिउन भन्ने कामना व्यक्त गरे । यसै सन्दर्भमा वि.पि. विचार समाज तनहँुले पनि स्वर्गिय आत्माहरुको गोलोक बासको कामना सहित श्रद्धाञ्जली व्यक्त गरेको छ ।

स्वर्गिय गुरुङ्गको कान्छी छोरी केशु गुरुङ्ग नेपाली कांग्रेसको धरमपानीको नेता एवंम् वि.पि. विचार समाच तनहँुको जिल्ला सदस्य हुन् । उनलाई मातृशोक परेको १३ औं दिनमा नै पितृशोक परेको छ । यस दुखद घडिमा मनलाई धैर्य बनाई उच्चमनोबलका साथ राजनीतिमा सक्रिय भई स्वर्गिय बुवा(आमाको सपनालाई साकार पार्नको लागि अगाडी बढ्न सधैव वि.पि.विचार समाजको साथ रहने कुरा वि.पि.विचार समाजका अध्यक्ष डिल्ली राम अधिकारीले बताएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button