तनहँुमा एक हप्तापछि आउने भयो कोभिड–१९विरुद्धको खोप

भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लगाउन तनहँुमा आउँदो १८ गतेबाट अभियान सुरु हुने भएको छ । भारत दिएको १० लाख डोज खोप मध्ये तनहँुले ३ प्रतिशत पाउने भएको थियो । गण्डकी प्रदेशको लागि कोभिड–१९विरुद्धको खोप अभियानका संयोजक प्राध्यापक डाक्टर जागेश्वर गौतमले आउँदो १८ गतेबाट खोप अभियान सुरु हुने जानकारी दिएका हुन् ।

‘पहिलो चरणमा माघ १८ गतेबाट खोप लगाउन सुरु गरिन्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्तासमेत रहेका गौतमले,‘त्यो बेलासम्म सबै जिल्लामा खोप पुगिसक्छ ।’मन्त्रालयले पहिलो चरणमा स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शहवाहन चालक, कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई खोप लगाइने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेबाट खोप अभियान सुरु गर्ने बताए पनि खोपहरु जिल्लातिर नपठाइकोले आउँदो १८ गतेबाट मात्रै अभियान सुरु हुने उनले जनाएका हुन् । पहिलो चरणमा अंग्रपंक्तिमा खटिएकाहरुलाई लगाएपछि दोस्रो चरणमा ५५ वर्षमाथिका जेष्ठ नागरिक र र दीर्घ रोगीलाई खोप लगाउने तयारी गरिएको छ । उक्त समूहको संख्या नेपालमा ५१ लाख रहेको मन्त्रालयले जनाएको छ । यस्तै तेस्रो चरणमामा ४० देखि ५४ वर्षका २९ लाख र १५ देखि ३९ वर्षका बाँकी १ करोड २७ लाखलाई अन्तिम चरणमा खोप दिने योजना सरकारको छ ।

गण्डकी प्रदेशमा पहिल्यैदेखि खोप भण्डारण हुँदै आएका २ वटा फ्रिज प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रअन्तर्गत छन् । केन्द्रको त्यही फ्रिज कोभिड–१९ को भ्याक्सिन ‘कोभिसिल्ड’ राख्न प्रयोग गरिनेछ । खोप पोखरा आएको ३ देखि ५ दिनमा तनहँुमा पनि आउने भएको छ । अरु खोपजस्तै माइनस २ देखि ८ डिग्री सेन्टिग्रेडमा राखिने भएकाले जिल्लासम्म पु¥याउन कुनै समस्या नहुने बताईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button