बैंकको लगानी कृषिमा केन्द्रित

देशमा राजनीतिक स्थायित्वको सुरुवात भएसँगै व्यवसायिक कृषिमा लगानी केन्द्रित छ । यो बैंकहरुको लगानीले सम्भव बनाएको हो । दमौली जिल्लाको प्रमुख बैंकिङ्ग हव बनेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ र ‘ख’ वर्गको मान्यता प्राप्त बैंक यहाँ खुलेका छन् । देशमा शान्ति स्थापनासँगै संघीयताको कार्यान्वयन चरणसम्म आइपुग्दा यहाँ दर्जन बढी बैंक खुलेर आफ्नो सेवा बिस्तार गरेका छन् । दमौली क्षेत्रको आर्थिक विकासमा यहाँ खुलेका बैंकले लगानी गरेका छन् । ठूला कृषि उद्योगमा बैंकको लगानी छ । कृषि क्षेत्रको विकासमा बैंकले लगानी लगाउँदा ठूला उद्योग र व्यवसायिक कृषि कर्म गर्नेको संख्या बढेको छ ।

व्यास १३ बेलबासमा मधु गाई पालन रहेको छ । यो फर्म स्थापना गर्न दमौलीमा खुलेको नबिल बैंकले लगानी गरेको छ गाईरभैँसी, कुखुरा, लगायत विभिन्न पशु पालनमा बैंकले सहुलियत दरमा ऋण उपलब्ध गराउँदा किसानलाई सजिलो भएको छ । ‘बैंकले गाई, भैँसी पालन गर्न सहुलियतमा ऋण दिँदो रहेछ, त्यहिँबाट ऋण लियर फर्म सञ्चालन गरेको छु’ मुध गाईपालनका सञ्चालक ईश्वर तिवारीले भने ‘काम गर्न चाहने तर, लगानी नहुनेका लागि बैंक राम्रो माध्यम बनेको छ ।’

दमौलीमा रहेको अन्य बैंकले पनि कृषि, उद्योग र व्यवसाय क्षेत्रमा ऋण प्रवाह गरेका छन् । महालक्ष्मी बैंक, सानिमा बैंक संघीयता कार्यान्वयन पछि स्थापना भएर सेवा प्रवाह गरिरहेका । क र ख वर्गका बैंकको आकर्षण यहाँ बढी छ । दमौलीमा रहेका ६ वटा बैङ्कले गत आर्थिक वर्ष ०७६÷७७ मा पशुपंक्षीपालनका लागि सहुलियत दरमा रु १३ करोड २६ लाख कर्जा प्रवाह गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहँुका अनुसार लक्ष्मी बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क, सनराइज बैङ्क र कृषि विकास बैङ्कले १ सय ८७ कृषकलाई सहुलियत कर्जा प्रवाह गरेका छन् । केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले सहुलियत कर्जा लिएका कृषकहरुले बाख्रा, कुखुरापालन र गाईभैसी पालन गरेको जानकारी दिए ।

उनका अनुसार सहुलियत कर्जामा तीनदेखि आठ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । गत आर्थिक वर्षमा लक्ष्मी बैङ्कले एक सय २१ कृषकलाई रु तीन करोड ६० लाख, राष्ट्रिय वाणिज्य बैङ्कले १३ कृषकलाई रु तीन करोड ५० लाख, कुमारी बैङ्कले १६ कृषकलाई रु दुई करोड ७० लाख, सनराइज बैङ्कले ९ कृषकलाई रु एक करोड २६ लाख र कृषि विकास बैङ्कले २८ कृषकलाई रु दुई करोड २० लाख कर्जा प्रवाह गरेका छन् । लक्ष्मी विकास बैङ्कका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठले बैङ्कबाट सबैभन्दा बढी कुखुरापालन व्यवसायका लागि रु ७५ लाख कर्जा प्रवाह गरिएको जानकारी दिए ।

श्रेष्ठका अनुसार पशुपालनतर्फ दुग्ध उत्पादक सहकारीका शेयर सदस्यलाई सामूहिक जमानीमा रु ४ लाख सम्म बिना धितो कर्जा प्रवाह गरिएको छ । पशुपंक्षीपालनका लागि बैङ्कले ६.२३ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरिरहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकी पाँच प्रतिशत व्याजदर भने सरकारले बेहोर्नेछ । कृषि तथा पशुपंक्षी कर्जा १८ वर्ष उमेर पुगेकाले पाउँछन् । रु दश लाखसम्म कर्जा लिन सामूहिक जवानी, रु दश लाख भन्दामाथि कर्जा लिन संस्था र रु एक करोड भन्दामाथि कर्जा लिन कम्पनी हुनुपर्ने व्यवस्था सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान कार्यविधिले गरेको छ । पशुपालनतर्फ कृषकलाई आकर्षित गर्ने सरकारको नीति बमोजिम तनहुँ जिल्लामा रहेका विभिन्न बैङ्कले सहुलियत दरमा कर्जा प्रवाह गरेका हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button