पात बेच्ने आमालाई जापनबाट लालचनको सहयोग

मंसिर ४ दमौली
बिगत लामो समय देखि तनहुँको सदरमुकाम दमौलीमा सालको पात बेच्दै जीवन निर्वाह गरेकी रिसिड १ निवासी नन्दकुमारी दवाडीलाई जापनबाट एक युवकले सहयोग गरेका छन् । पोखरा घर भइ हाल जापन बस्दै आएका सुजन लालचनले दस हजार छ सय बराबरको भाडा, खाध्यन र नगद सहयोग गरेका छन् । केही दिन अघि मात्र स्थानी युवाले सहयोग गर्दा जाडोमा ओढ्ने र पकाउने भाडाहरुको कमी रहेको बताए पछि आफुले सहयोग गरेको दमौली खबरलाई बताएका छन् ।

उनले आमालाई सहयोर्गथ अभियान चलाईरहेका दमौलीका युवा समाजसेवी सुमन श्रेष्ठ मार्फत सहयोग गरेका हुन् । बिहिबार दवाडीलाई उनैको निवासमा पुगेर सहयोग रकमबाट खाना पकाउने फलामे चुलो, खाद्यन्य समाग्री, र जाडोलाई लक्षित गरेर म्याट र ओढ्नका लागि सिरक लागतएका समान दवाडीलाई हस्तान्तरण गरिएको हो ।

विभिन्न व्यक्तिबाट सहयोग आएको आफुलाई ज्यादै खुसी लागेको बताएकी छिन् । उनले भनिन् “बल्ल घरमा चाड पर्व आएको जस्तो महसुश भएको छ ” । दवाडीले आफ्नो घरको आगन भरी सरसामन देखेर रुदै सहयोगी हृदय प्रति धन्यवाद दिएकी छन् । उनले लालचन प्रति आभार व्यक्त गर्दै नेपाल आउदा आफुलाई भेट्न समेत अनुरोध गरेकी छिन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button