मुढाले कैदीबन्दीमा उत्साह

दमौली खबर  संवाददता
 बाँसबाट निर्मित मुढाले यस क्षेत्रमा राम्रो बजार पाएको छ । तनहुँ कारागारका कैदीबन्दीले बुनेको मुढा बजारमा बढी बिक्री हुने गरेको छ । गुणस्तरीय र टिकाउ भएकाले यस्ता मुढाले राम्रो बजार पाएको छ । हेर्दा आकर्षण पनि देखिने र प्रयोग गर्दा लामो समय टिकाउ हुने बासबाट निर्मित मुढा सर्वसाधारणहरुको रोजाइ बन्दै आएको छ । कारागारका ६०÷७० जना कैदीबन्दीले मुढा बेचेर घरमा रकम समेत पठाउदै आएका छन ।
     सरकारले उपलब्ध गराएको दैनिक भत्ता र सिदाले जीवन धान्न धौ धौ भएका बेला मुढाले उनीहरुको आय स्तर बढाएको छ । ३ सय देखि ८ सय सम्ममा कैदीबन्दीले मुढा बेच्ने गरेका छन । अर्डर आए डाइनिङ टेबुल समेत उनीहरु तयार पार्छन । बास, रड, रङ, डोरी, टायरको सहायताले मुढाहरु तयार पारिन्छन । दमौली डुम्रे, खैरेनीटार, आँबुखैरेनी, भिमाद लगायतका बजारमा मुढा बिक्री भएपछि कैदीबन्दीहरु मख्ख छन । उनीहरुले जाल, नाम्लो बुन्ने तालिम समेत माग गरेका छन । महिला कैदीबन्दीले भने भाग्रा, ढाका, बुनाइ तालिम दिए आयआर्जनमा सहयोग मिल्ने बताउदै आएका छन । उनीहरुले मैनबत्ती, अगरबत्ती बनाउने तालिम समेत माग गरिरहेका छन । कैदीबन्दीको जीवन स्तरमा सुधार ल्याउन नेपाल सरकार उनीहरुको मागप्रति गम्भिर हुन जरुरी छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button