तनहुँ–१ मा सत्ता गठबन्धनको जीत निश्चित जस्तै

दमौली खबर संवाददाता
तनहुँ, मङ्सिर ७ गते । तनहुँ–१ को प्रतिनिधी सभा तथा प्रदेश सदस्य गरी तीन सिटमा सत्तागठबन्धनको जीत निश्चित जस्तै भएको छ । प्रतिनिधी सभामा काँग्रेसका  नेता रामचन्द्र पौडेलले मतान्तर बढाउँदै लौजानु भएको छ भने प्रदेश (क) मा नेपाली कांग्रेसका अशोक कुमार श्रेष्ठ र प्रदेश (ख) मा माओवादी केन्द्रका हरिबहादुर चुमान भारी मतले अगाडी भएकोले जित सुनिश्चित जस्तै भएको हो ।
सुरुवाती देखि पौडेलले अग्रता कायम गरेको भएपनि मङ्गलबार दिउँसो  सार्वजानिक गरिएको परिणाममा एमालेका एकबहादुर रानाले उछिने पनि त्यसपछि निरन्तर पौडेले मतान्तर बढाउनु भएको छ । बुधबार दिउँसो १ बजे सम्म बाम लोकतान्त्रिक गठबन्धना साझा उम्मेदवार पौडेलले दुई हजार ३३६ मतले अग्रता लिनु भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 ……….. मत गणना हुँदा  पौडेलले  ……मत  र रानाले….. मत पाउनु भएको छ । मतान्तर…….. रहेको छ ।
यसैबीच सो क्षेत्रमा प्रदेश सभा सत्ता गठबन्धनका उम्मेदवारहरु अगाडी हुनुहुन्छ । प्रदेश (क) मा ………….. मत गणना हुँदा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठले………. मत प्राप्त गरि अग्र स्थानमा हुनुहुन्छ भने एमालेका रामबहादुर गुरुङले ………. मत प्राप्त गरी द्धितिय स्थानमा हुनुहन्छ । प्रदेश ‘ख’ मा २८ हजार ९३३ सदर मत गणना हुँदा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले १३ हजार २७१ मत  र एमालेका पूर्णबहादुर गुरुङले १०५०३ मत पाउनु भएको छ । फराकिलो मतान्तर भएकोले जीत सुनिश्चित जस्तै देखिन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button