मिस कुमाल तनहुँको उपाधि सरिष्मालाई

दमौली खबर संवाददाता

दमौली, माघ २१

मिस कुमाल तनहुँ–२०७९ सिजन २ को उपाधि व्यास नगरपालिका ४ दमौलीकी सरिष्मा कुमालले जित्नु भएको छ । सरिष्माले उपाधिका साथै नगद ३० हजार र अन्य आर्कषण उपहार प्राप्त गर्नुभयो ।

छनोट परेका पाँच प्रतिस्पर्धीलाई पछाडी पार्दै सरिष्माले उपाधि जित्नु भएको थियो । प्रतियोगितामा फष्ट रनर अप अन्जना कुमाल र सेकेण्ड रनरअफ नविना कुमाल हुनु भयो । फष्ट रनर अप हुनु भएकी अन्जनाले २० हजार हात पार्नुभयो । विजेताले म्युजिक भिडियोमा अभिनय गर्न पाउने र दुई वर्ष सम्म नृत्य प्रशिक्षण प्राप्त गर्ने प्रतियोगिताको आयोजक एएस क्रियटिभ मल्टिमिडिया एण्ड इभेन्ट प्रालिले जनाएको छ ।

‘‘भाषा सस्कृति र जातीको उत्थान, मिस कुमाल तनहुँको अभियान’ भन्ने नाराका गरिएको यस प्रतियोगितामा १६ देखि २९ वर्षका १० जना अविवाहितहरु सहभागी रहेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button