प्रेस चौतारीको स्थापना दिवसमा वृद्धाश्रममा फलफुल वितरण

दमौली खबर संवाददाता

दमौली, माघ २१

प्रेस चौतारी नेपाल तनहुँ शाखाले राष्ट्रिय परोपकार महासंघ नेपालद्धारा संचालित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रममा फलफुल वितरण गरेको छ । प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसको अवसरमा आईतबार वितरण गरिएको हो ।

शाखा अध्यक्ष राजकुमार श्रेष्ठ (वि वि) को नेतृत्वमा गएको टोलीले व्यास ५ मा रहेको वृद्धाश्रममा फलफुल वितरण गरेको हो । सो कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय निर्वाचन आयोग सदस्य नारायण खड्काले संगठनले समाजमा भएको विकृत्ति, विसंगतिको विरुद्धमा कलम चलाउदै आएको वताउनुभयो । समाज परिवर्तनमा संगठनले नेतृत्वदायी भुमिका खेलेको हुदाँ अगामी दिनमा झन परिस्कृत रुपले काम गर्नुपर्ने वताउनुभयो ।

प्रेस चौतारी नेपाल तनहुँका पुर्व अध्यक्ष त्रिभुवन श्रेष्ठले संगठनले पत्रकारिताको माध्यामवाट विभिन्न क्षेत्रमा खवरदारी गर्दे आएको वताउनुभयो । साथै उहाँले वृद्धाश्रममा फलफुल वितरण गरेर समाजिक उत्तरदायित्व वहन गरेको बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button