शिविरबाट पाँच हजार एक जना लाभान्वित

दमौली खबर संवाददाता
शंकरराज नहर्की
दमौली, चैत्र १७ ।
रोटरी क्लव अफ दमौलीको आयोजनामा दमौली अस्पताल र ताइवानका रोटरियनहरुको सहयोगमा  कात्तिक १५ र १६ गते दमौलीमा भएको निशुल्क वृहत्त स्वास्थ्य शिविरमा ५ हजार १ सय ८५ जनाले स्वास्थ्य सुविधा लिएका छन् । दुई दिनसम्म सञ्चालित शिविरमा जिल्लाका विभिन्न भागका विरामीहरुले स्वास्थ्य उपचार गराएका थिए ।
विपन्न र स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित नगरबासीहरुलाई विशेषज्ञ डाक्टरहरुबाट विभिन्न रोगहरुको निशुल्क परिक्षणका लागि ताइवानबाट ७४ र अन्य नेपाली चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गरिएको क्लवका अध्यक्ष रामलाल श्रेष्ठले बताए । स्वास्थ्य शिविरमा दात, हातजोर्नी आखा, स्त्रि तथा प्रसुती रोग, योनरोग, बालरोग विशेषज्ञ, प्रयोगशाला परिक्षण सेवा, एक्सरे÷भिडियो एक्सरे सेवा उपलव्ध गराइनेछ । उक्त शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको हो ।
व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको विशेष सहयोगमा सञ्चालन हुने उक्त शिविरको इनरह्विल क्लव दमौली, रोट¥याक्ट्र क्लव अफ दमौली, रोट¥याक्ट क्लव वेदव्यास र रोट¥याक्ट क्लव भानु र भिमादले स्वयमसेवि र दमौली अस्पताल, रोट¥याक्ट क्लव अफ पोखरा र रोटरी क्लव अफ ताइवानको विशेष सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button