कांग्रेस नेता भण्डारीले विपन्न थापा परिवारको घर बनाउने घोषणा

दमौली खबर संवाददाता
तनहुँ, मङ्सिर २४ । आर्थिक अवस्था कमजोर हुँदा चुहिने जोखिमपूर्ण घरमा बसेर जीवनयापन गर्नुपर्दा धेरै डर र कष्टकर हुन्छ । यही दुःख र पीडा भोग्दै आउनु भएका भिमाद नगरपालिका– १ जिलाङका नरबहादुर थापा । एक कार्यक्रमका बिच  यो दुःख लाई आत्मासाथ गर्दै नेपाली कांग्रेस नेता तथा तनहुँ क्षेत्र नम्बर २ बाट नव निर्वाचित प्रतिनिधी सभा सदस्य  शङ्कर भण्डारी घर बनाई दिने घोषणा गर्नु भएको छ ।
 थापा परिवारले छाना जिर्ण भएकोले घाम पानी छेक्नका लागि त्रिपालको सहारा बसेको देखेपछि पूर्वमन्त्री समेत रहेका भण्डारीले सो घोषणा गर्नु भएको हो । ‘त्रिपालले गलेर घाम पानी राम्रो सँग नछेक्दा कुनै पनि बेला घर ढल्ने अवस्थामा पुगेकोले छाना छाउने र बस्न योग्य घर बनाउनु पर्ने कर्तव्य ठानेर घोषणा गरेको हुँ’ नेता भण्डारीले भन्नुभयो । मतदातालाई धन्यवाद दिन जाने क्रममा छानो बिनाको घर देखे लगत्तै गाडी रोकेर भण्डारीले थापाको समस्याको बारेमा जानकारी लिनु भएको थियो । जोखिम घरमा बसेको देखेपछि नेता भण्डारी भावुक हुनु भएको थियो ।
आर्थिक अभावले गर्दा घरको छानो छाउन नपाएको जानकारी पाए लगत्तै नेता भण्डारीले थापा परिवारलाई बासको व्यवस्था गरिदिने घोषणा गर्नु भयो । सुरक्षित घरमा बस्न पाउने भएपछि थापा परिवारमा खुसी छाएको नेपाली कांग्रेस तनहुँका सदस्य डम्बर अधिकारीले बताउनुभयो । नेता भण्डारीले चाँडैनै घर बनाईदिने घोषणा गर्दा साक्षात् भगवान भेटे जस्तो भएको थापाले बताउनुभयो । ‘हाम्रो दुःख कसैले देखेको थिएन भेट्न आउने र दुःखमा साथ दिने कुरा सुन्दा मन हर्षित भएको छ’ थापाले भन्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button