कृषि योग्य जमिनको वर्गिकरण गरौं

प्रतिफलमुखी कृषि बनाउन व्यावसायिक बनाउनु पर्छ । नाम मात्रै किसान बनेर काम छैन । विकसित देश १० प्रतिशत कृषि पेशा गरेर स्वदेशमा मात्रै नभई विदेश समेत निर्यात गर्छन् खाद्यान्न तर नेपाल ८० प्रतिशत किसान भएपनि आत्मनिर्भर छैनौं   व्यास नगरपालिकाले कृषि योग्य जमिनको वर्गिकरण गर्ने भएको छ । नगर भित्रका वडाहरु र नगर भूमि परिषद्को सिफारिसका आधारमा कृषि योग्य जमिनको वर्गिकरण गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
खण्डिकृत जमिनमा परम्परागत रुपमा निर्वाहमुखी खेती प्रणालीको अवलम्बन गरिदाँ प्रतिफल मूखी नहुने भएकोले वर्गिकरण गर्ने निर्णय भएको बताईएको छ । कृषि विकासका लागि भएका सरकारी प्रयासहरु सिमित स्रोत र साधनले एकीकृत रुपमा नभई छरिएर जाने गरेकाले प्रतिफलमुखी हुन सकेका नसकेकोले यसलाई व्यवसायिक गर्न कृषि जामिनको वर्गिकरण गरिनु अनिवार्य छ । ‘कृषिलाई नाफामूलक व्यवसायका रुपमा स्थापित गर्न नसक्दा यस क्षेत्रमा लगानीका लागि निजि क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरु आकर्षित गर्न मद्धत पुग्ने भएकोले यस कार्यको लागि प्राथमिकता दिनुपर्छ । किसानलाई पेन्सन दिने, अनुदान दिने जस्ता कार्यको लागि पनि सहज हुन्छ । साथै कुन माटोमा के खेती गर्ने जस्ता कुराको योजना बनाउन, आवास स्थल कता बनाउने भन्ने मार्ग निर्देश पनि गर्ने भएको यो कार्य महत्वपूर्ण छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button