एकिकृत समाजवादीको जिल्ला अध्यक्षमा कार्की

तनहुँ, भदौ १२ । नेकपा (एकिकृत समाजवादी) जिल्ला कार्य समिति तनहुँको अध्यक्ष  श्रीराम कार्की चयन हुनु भएको छ । आईतबार सम्पन्न विशेष अधिवेशनले चयन हो  ।
उपाध्यक्ष  मनुमाया श्रेष्ठ , थमन आले, सचिवमा  दुर्गाकुमार श्रेष्ठ , उपसचिवमा ऋषीराम पन्त , गजिन्द्रराज पन्थ , नरबहादुर रानाभाट  सहित ११५ सदस्यीय जिल्ला कमिटी पुनः गठन गरेको हो । पार्टी केन्द्रिय सर्कुलर अनुसार  केन्द्रिय कमिटीमा रहेका सबैले जिम्मेवारी हस्तान्तरण गर्ने निदेशन अनुसार  जिल्ला अध्यक्षमा रहनु भएका शंकरनारायण श्रेष्ठले जिम्मेवारी छोड्नु भएको हो । श्रेष्ठ केन्द्रीय सदस्य भएकोले जिल्ला अध्यक्ष छोड्नु भएको हो ।
समाजवादीद्धारा उम्मेदवार सिफारिस
यसैबीच मंसिर ४ गतेको निर्वाचनको लागि संघीय समन्वय कमिटी र प्रदेश कमिटीले गरेको सिफारिस अनुसार प्राथमिकता सहित जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ  ।
क्षेत्र न १ मा प्रतापलाल श्रेष्ठ , कृष्ण कुमार श्रेष्ठ किसान , कलिला खान , सिताराम घले परियार , बिष्णु बहादुर खड्का  १ को क प्रदेशमा क्रमश विद्या ढकाल , लालबहादुर श्रेष्ठ , रामकला पौडेल , कल्पना नेपाली १ ख मा मनुमाया श्रेष्ठ, गजिन्द्र पन्थ , श्रीप्रसाद भट्टराई , तेजबहादुर सुनार सिफारिस गरेको जिल्ला अध्यक्ष श्रीरामकार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार प्रतिनिधि सभा क्षेत्र न २  चित्रबहादुर थापा , शङ्कर  पोख्रेल , दुर्गा नेपाली , सानुमाया महत चयन गरेको छ । २ क प्रदेशमा रेखा थापा बस्याल , दुर्गा कुमार श्रेष्ठ , कमल गैह्र , थमन आले २ को ख मा काजिमान श्रेष्ठ , भक्त रसाइली , भुपाल थापा, सुर्यप्रकास तिमिल्सिना, पुर्णबहादुर थापा , मधुमाया ढकाललाई सिफारिस गरेको छ । बैठकले नवगठित जिल्ला अध्यक्ष कार्कीको अध्यक्षतामा  ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन  गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button