महिला उद्यमी समितिद्धारा आयोजित छलफल एवं अन्तरक्रिया सम्पन्न वरिष्ठ कृषि विकास अधिकृत तिवारीलाई सम्मान

दमौली खबर संवाददाता

दमौली,माघ १५

स्थानीय उत्पादनलाई प्रवद्धन गर्ने उद्धेश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँले छलफल एवं अन्तरक्रिया गरेको छ । तनहुँका स्थानीय तहका जनप्रतिनिधीसँग सो कार्यक्रम गरिएको हो । सो अवसरमा सम्पन्न कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीलाई सम्मान गरिएको थियो । नवौं तहबाट दशौं तहमा बढुवा भएको उपलक्ष्यमा समितिले केन्द्रका प्रमुख तिवारीलाई खादा र मायाको चिनो प्रदान गरेर सम्मान गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समितिका अध्यक्ष कल्पना गौली लगायतका अतिथीहरुले तिवारीलाई सम्मान तथा बधाई व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा भीमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदी,म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ,घिरिङ्ग गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा,ऋषिङ्गगाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

समितिको छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाका दश वटै पालिकाका प्रमुख तथा उपप्रमुखलाई कार्यक्रममा सहभागी गराएर राय सुझाब लिन समितिले पत्रचार गरेपनि पाँच पालिकाबाट मात्रै जनप्रतिनिधीहरु सहभागी भएका थिए । सो अवसरमा सहभागीले आवश्यक सीप, बजारीकरणको लागि मद्धत गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । सो अवसरमा समन्वय प्रमुख वाग्लेले समितिले देश धनी हुनको लागि उत्पादन बढाउनु पर्ने हुँदा युवाहरुलाई विदेश पठाएर भन्दा स्वदेशमै उद्यमशिल बनाउन कदम चाल्नु उपयुक्त हुने धारणा राख्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button