डेगुं संक्रमणबाट पाठ सिकौं

कोरोनाको माहामारी पिडा नसिकिँदै हाल अर्को पिडा थपिएको नेपालीलाई । डेंगु भयावह रुपमा फैलिएर पिडा थपिदिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ४० हजार २९ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ। जसमध्ये ४८ जनाको मृत्यु भईसकेको छ । काक्तिक महिना आउन एक दिन मात्रै बाँकी छ तर डेगुंको रोकथाम हुन सकेको छैन ।
   जलवायु परिवर्तन यसको मूख्य कारण हो । दशैंको समयमा समेतभारी वर्षा भएर ठुलो जनधनको नोक्सान भएको छ । साउनदेखि शुरू भएको डेंगीको संक्रमण देशभर फैलिएको छ। देशका  अधिकांश जिल्लामा संक्रमण तिब्र रुपमा फैलिएको छ । लामखुट्टेको वासस्थान मास्नुनै यो रोगबाट बच्ने मूख्य उपाय हो । लामुखट्टे हुर्किन नदिन पानी जम्ने खाल्डाखुल्डी पुर्न, सरसफाइमा ध्यान दिन दिइनु पर्छ । लामा बाहुला भएका कपडाले पनि लामखुट्टेलाई बच्न मद्धत पुग्दछ । डेढुँबाट बाचौं र बचाऔं ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button