ऐना पहरामा बन्ने भयो अत्याधुनिक पार्क

दमौली खबर संवाददाता
आँबुखैरेनी, पुस ६ । तनह्ुँको आँबुखैरेनी गाउँपालिका वडा न २ र ४ को सिमाना स्थित ऐन पहरा झरना रहेको स्थानमा अत्याधुनिक पार्क निर्माण कार्य सुरु भएको छ । पर्यटकलाई थप आर्कषित गर्न आँबुखैरेनी गाउँपालिकाले पार्क निर्माण कार्य थालनी गरेको हो ।
 पृथ्वी राजमार्गसँग जोडिएको सो ऐना पहरामा आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्दै गएकोले थप आर्कषर्ण गर्न पार्क निर्माण कार्य थालनी गरिएको गाउँपालिकाले जनाएको छ ।   गाँउपालिकाका पालिकाका अध्यक्ष शुक्र चुमानले पार्कको शिलन्यास गर्दै सा ेस्थानलाई सुन्दर पर्यटकीय केन्द्र बनाउने सोंच अनुसार काम सुरु भएको बताउनुभयो । अध्यक्ष चुमानले नेपालमा पहिलो पटक ऐना पहरामा स्टक्चर पार्क बनाइने बताउनुभयो । पहाड खोपेर आर्कषक गणेशको मुर्ती निमांर्ण गरिने उहाँले बताउनुभयो । साथै सो स्थानमा पहरालाई खोपेर बिभिन्न आकृति बनाईने शिलान्यास कार्यक्रममा बताईएको थियो ।
कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल लगातयको सहभागिता रहेको थियो ।  । पर्यटन प्रर्वद्वनमा नयाँ आयम थपने उद्देश्यले ऐना पहरामा झरनामा अत्याधुनिक पार्क निर्माण गर्न लागि गाँपालिकाले आर्थिक बर्ष २०७८÷०७९ मारु १ करोड ४० लाख रुपैयाँको बिनियोजन गरेको प्रमुख प्रसासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button