तनहुँ जिल्लाको मुहार फेर्न भट्टराईलाई विजयी गराउनुपर्नेमा वक्ताहरुको जोड

दमौली खबर संवाददाता

दमौली, चैत २६ गते

आगामी वैशाख १० गते हुने उप निर्वाचनमा मुख्य राजनैतिक दलका उम्मेदवारहरुले सम्पर्क कायाृलय खोल्ने, जनताको घर दैलोमा पुग्ने, सभा समारोह लगायतका कार्यक्रमहरु गर्ने कार्यलाई तिब्रता दिएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई विजयी गराउन गठबन्धनमा सहभागी नेताहरु तथा नेपाली कांग्रेस सिंगो पार्टी लागिपरेको छ ।

यसै प्रसङगमा नेपाली कांग्रेस वडा नं १ ले व्यास १ भादगाउँमा वडा सम्पर्क कार्यालय शनिवारबाट सञ्चालनमा ल्याएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य एवं संविधानसभाका सदस्य रामचन्द्र पोख्रेलले तनहुँको क्षेत्र नम्बर १ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा सन्तनेता गोविन्द भट्टराईलाई जिताउनुको कुनै विकल्प नरहेको बताए । नेका महासमिति सदस्य एवं पूर्वमन्त्री डोवाटे विश्वकर्माले तनहुँको माटोमा जन्मेको हुर्केको विकास प्रेमी नेता गोविन्द भट्टराईलाई विजयी गराउन आग्रह गरे । नेपाली कांग्रेसका जिल्ला सदस्य डम्बरबहादुर अधिकारी, सिर्जना तिवारी लगायतले भट्टराईलाई जिताउन आग्रह गर्नुभयो । यसैगरी वाइसियल नेपाल तनहुँका जिल्ला संयोजक केहरसिंहआले बादलले सबै एक भएर तनहुँको मुहार फेर्न गोविन्द भट्टराईलाई विजयी गराउन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस वडा नं १ का उप सभापति सोमराज सिग्देलले स्वागत गरेको उक्त कार्यक्रम वडा सभापति दिल बहादुर दरैको सभापतित्वमा सम्पन्न भएको थियो । यसैबिच लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार भट्टराई शनिवार देवघाट गाउँपालिकाको विभिन्न स्थानमा घरदैलोमा व्यस्त बनेका छन् । भटराई देवघाट गाउँपालिकाको वडा नम्बर ५ सहित विभिन्न स्थानमा घरदैलोमा व्यस्त बनेका हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button