विदेश भुलेर च्याउ खेतीमा रम्दै

परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै मखनबहादुर गुरुङ आज भन्दा २१ वर्षअघि विदेश लागे । छ ÷छ वर्ष साउदी र इराककोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उनिसँग पैसा बाँकी रहेन ।

व्यास १४ रिन्जल्ली गाउँका गुरुङले चार वर्षअघि आफ्नै गाउँमा च्याउ खेती शुरु गरे । स्वेदश र विदेशमा काम गरेको बराबर समय, उस्तै मिहिनेत । उनलाई स्वदेश मै आम्दानी र सन्तुष्टि मिल्यो । ६० हजार रुपैयाँबाट च्याउखेती शुरु गरेका उनले अहिले व्यावसायिक च्याउ खेतीमा रमाएका छन् । उनको लगानी अहिले लाखौं रुपैयाँभन्दा बढी पुगेको छ । साथीको गाँउमा घुम्न जाँदा उनले च्याउ खेती देखेपछि आफुले पनि च्याउ खेती सुरु गरे ।

शुरुमा १२० पोकाबाट च्याउखेती शुरु गरेका उनले उत्पादन राम्रो भएपछि च्याउ खेतीमै रमाएका छन् । आफु सँग पयाप्त जग्गा नभएपछि उनले महिनाको तीन हजारका दरले भाडा तिर्ने गरि जग्गा लिए । विदेशको दुःख सम्झेर आफ्नै देशमा केही गर्छु भनेर फर्किएका उनले बताए । “अर्काको बन्धनमा बसेर काम गर्नु र आफ्नो मनले काम गर्नु धेरै फरक रहेछ,” उनले भने ।

साथी सँग मिलेर लगानी बढाएर ४ वटा टनेल बनाएको उनले बताए  । च्याउ लगाउनका लागि सामान्य टनेल निर्माण गरिएको छ । पराल राख्ने, पखाल्ने, पकाउनको लागि स्थानिय स्रोत साधन छ । जग्गाको लालपूर्जा नभएको कारण च्याउ उद्योग फर्म दर्ता नमिलेकोे उनले गुनासो गरे । उत्पादित च्याउको बजारका लागि कुनै समस्या छैन । गाँउमै च्याउ बिक्ने गरेको समेत उनले बताए । तालीमबिना नै च्याउ खेती शुरु गरेका गुरुङले अचेल आफैँ तालीम दिने सोच बनाएका छन् । मिहिनेत गरे सफल भइन्छ भन्ने सोचाइ गुरुङको छ । खेती गर्दै जाँदा अनुभव भयो ।

आत्मविश्वास बढ्यो, यसैमा लागिपरे  र कर्म गरे अवश्य फल पाइन्छ । उनले भने, “हिजो १०÷१५ हजारका लागि अरूसँग हात जोड्नुपथ्र्याे र आज दुई÷चार लाख दिने मान्छे छन् ।” व्यावसायिक च्याउ खेती गरिरहँदा उनलाई विभिन्न समस्या पनि नपरेका होइन ।

“विसं २०७६ सालमा नगरपालिकाले दिएको अनुदानको च्याउको बिउ उत्पादन भएन । रु समय र लगानी खेर गयो तर हिम्मत हारिन,” उनले भने, “साथीभाइको साथले फेरि शुरु गरें ।” समस्या आए पनि काम गर्छु भन्ने आत्मविश्वास भए र मिहिनेत गरे कृषिकर्ममा सफलता पाइने उनले बताए  । स्थानिय टकबहादुर राना मगर सँग मिलेर उक्त च्याउ खेती गरेका हुन् । टकबहादुरले पनि च्याउ खेतीमा राम्रै भविष्य देखेका छन् ।

लामो समय देखि होटल व्यवसाय गदै आएका उनले मखन सँग समन्वय गरि च्याउ खेतीलाई अगाडी गरेका हुन् । उनल भने,‘कोरोनाले चौपट बनाएको बेला च्याउ खेतीमा लागे । अहिले होटलको व्यवसाय भन्दा यो व्यवसाय राम्रो भएको छ । ’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button