तनहुँको म्याग्दे गाउँपालिकामा माइक्रोबस दुर्घटना हुँदा १४ घाईते

दमौली खबर संवाददाता
दमौली, २६ साउन । पृथ्वीराज मार्ग अन्तर्गत तनहुँको म्यादे गाउँपालिका–३ धयरे मा बिहीबार बिहान ९ ः २० बजे माइक्रोबस दुर्घटना हुँदा १४ यात्रु घाईत भएका छन् । दमौलीबाट पोखरा जाँदै गरेको बा ४ ख ९९९९ न. को माइक्रो बस आफै अनियन्त्रित भई  सम्धी खोला पुलको रेलिङमा ठक्कर खाई १५ फिट तल खसेर दुर्घटना हुँदा उक्त  सङ्ख्यामा घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिनुभयो ।
 दुर्घटनामा माइक्रो बसमा सवार चालक सहित सात जना पुरुष र  सात जना महिला गरी जम्मा १४ जना यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ । घाईतेको तत्काल उद्वार गरी उपचारको लागि दमौली स्थित रत्नहरी अस्पताल दमौलीमा ल्याईएको थियो । घाईते मध्ये म्याग्दे गाउँपालिका–२ गुणादी बस्ने वर्ष ३० को  बिमल रानाभाट, शुक्लागण्डकी नगरपालिका–८ राइपुरका वर्ष ७४ का भानुप्रसाद भट्टराई, व्यास नगरपालिका–११ बस्ने वर्ष ३० की  बिन्दु भट्टराई, व्यास नगरपालिका–५ पतेनी बस्ने वर्ष २८ की भावना श्रेष्ठ र माईक्रोबस चालक व्यास नगरपालिका–२ वर्ष ३६ की जिवन आले गरी पाँच जनाको मणिपाल अस्पताल पोखरामा थप उपचारको लागि पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिनुभयो ।
घाईतेहरु बोल्न सक्ने रहेको र नौ जनाको भने सोही रत्नहरी अस्पतालमा उपचार भईरहेको छ ।  घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ट्राफिक प्रमुख नेपालले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button