भट्टराई परिवारद्धार बुबाको स्मृतिमा पत्रकारिता अक्षयकोष स्थापना

दमौली खबर संवाददाता

दमौली÷१६, पुस

व्यास नगरपालिका–३ दमौलीका समाजसेवी हरिभक्त भट्टराईको स्मृति दिवसमा उहाँको परिवारले पत्रकारिता अक्षयकोष स्थापना गर्नुभएको छ । स्व.भट्टराईका धर्मपत्नी सीता भट्टराई, छोराहरु उत्तम र सुमन, बुहारीहरु ईश्वरी र यमुना भट्टराई तथा छोरी मञ्जु केसीले बुवाको स्मृति दिवसका दिन शनिबार रु.एक लाख १० हजारको अक्षयकोष स्थापना गर्नुभएको हो ।

उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर बहादुर अधिकारीको उपस्थितिमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई छोरा सुमन भट्टराई र बुहारी यमुना भट्टराई हस्तान्तरण गर्नुभयो । पत्रकारिता क्षेत्रमा टिकाइरहन प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको उहाँका छोरा सुमनले बताउनुभयो ।

“बुवा समाजसेवामा लागिरहनुभएको अवस्थामा नै स्वर्गवास हुनुभयो । त्यसैले जीवन्त रहने पत्रकारिता पेशालाई प्रोत्साहन गर्ने लक्ष्य सहित अक्षयकोष स्थापना गरेका हौं । समाजको आँखा मानिएका पत्रकारलाई बुवाको स्मृतिमा सम्मान गर्न गर्नेछौं”, सुमनले भन्नुभयो । पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारलाई वार्षिक रुपमा पुरस्कार प्रदान गर्ने गरी भट्टराई परिवारले अक्षयकोष स्थापनार्थ उक्त रकम प्रदान गर्नुभएको अध्यक्ष पौडेलले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य प्रदीप काफ्लेले पत्रकारिता क्षेत्रमा लाग्ने युवालाई यस्ता कार्यले प्रोत्साहन मिल्ने बताउनुभयो । यसले पत्रकारलाई खोजी र तथ्य परक समाचार संकलनतर्फ सचेत गराउनुका साथै सत्य समाचार लेख्न सहयोगी सिद्ध हुने उहाँको भनाई छ । नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर बहादुर अधिकारीले निराशा छाउने अवस्थामा पुगेका पत्रकारलाई पुरस्कारले यस क्षेत्रमा रहन प्रेरित गर्ने बताउनभुयो । भट्टराई परिवारले व्यास नगरपालिका–११ स्थित वाराही माध्यामिक विद्यालयमा पनि अक्षय कोष स्थापना गर्नु भएको छ । हालै विद्यार्थीलाई न्यानो कपडा समेत प्रदान गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button