भट्टराई परिवारको राम्रो काम

व्यास नगरपालिका–३ दमौलीका समाजसेवी इन्जिनियर स्व.हरिभक्त भट्टराई दमौलीको चर्चित नाम हो । दमौली बजारको खाका कोर्ने मध्येमा एक व्यक्ति भट्टराई हुुनुहुन्छ । उहाँले समाजलाई थुप्रै योगदान दिनु भएको छ । उहाँको योगदानलाई भावी पुस्तालाई सम्झना दिलाउन अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषले उहाँको योगदानलाई जिवन्तता दिन मद्धत पुग्दछ । स्मृति दिवसमा उहाँको परिवारले पत्रकारिता अक्षयकोष स्थापना गर्नुभएको छ । स्व.भट्टराईका धर्मपत्नी सीता भट्टराई, छोराहरु उत्तम र सुमन, बुहारीहरु ईश्वरी र यमुना भट्टराई तथा छोरी मञ्जु केसीले बुवाको स्मृति दिवसका दिन शनिबार रु.एक लाख १० हजारको अक्षयकोष स्थापना गरेर राम्रो काम गर्नु भएको छ । भट्टराई परिवारले व्यास नगरपालिका–११ स्थित वाराही माध्यामिक विद्यालयमा पनि अक्षय कोष स्थापना गर्नु भएको छ । हालै विद्यार्थीलाई न्यानो कपडा समेत प्रदान गरिएको थियो । धन मात्रै भएर हुँदैन मन पनि चाहिन्छ । भट्टराई परिवारले मन फराकिलो बनाएर अक्षयकोष निर्माण लगायतको सामाजिक कार्य गर्नु भएको छ । यसले गर्दा अन्य व्यक्तिहरुलाई पनि सामाजिक कार्य गर्न उप्ररेणा मिल्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button