गणेशमानचोकमा सडक अतिक्रमण गरी निर्माण गरी बनार्ईको संरचना हटाईयो

दमौली खबर संवाददाता

दमौली, पुस १७ गते । तनहुँको व्यास नगरपालिका वडा नम्बर २ ले सडक अतिक्रमण गरि बनाईएका संरचना हटाउन थालेको छ । यस क्रममा वडाले गणेशमानचोकमा सडक अतिक्रमण गरिएका सबै संरचना हटाउन सफल भएको छ ।

सो क्षेत्रमा व्यवसाय सञ्चालन गर्नु भएको व्यवसायी यवम घर धनिहरुले घरको अगाडि मापदण्ड विपरित राख्नु भएको ओझेल छेक्ने ट्रस्ट राख्नाले नगरलाई नै अशोभनिय तथा सवारि साधन समेत ठोकिने अबस्ता रहेको हुँदा हटाईएको र सो कार्यको लागि त्यहाँ स्थित तीनवटै टोलविकास सस्था र स्थानीय बासिन्दाबाट सहयोग मिलेको वडा सदस्य सुरेश वाग्लेले जानकारी दिनुभयो । २५ लाखको लागतमा सो क्षेत्रमा पुरानो नालीलाई हटाएर नयाँ नयाँ नाली बनाईएको र सडक पनि फराकिलो बनाउन सफलता मिलेको वडा सदस्य वाग्लेले जानकारी दिनुभयो । व्यवस्थित गर्ने काम ८० प्रतिशत पुरा भएको उहाँले जानकारी दिनुभयो । वडा सदस्य वाग्लेका अनुसार र वडा नम्बर २,३,४ मा रहेका बिजुलीको खाम्बामा जेलियका केवुल तथा टेलिफोनका तार हटाई नगरलाई सुन्दर यवम बेला बखत पोलमा भैरहेको आगलागिबाट जोगिन,जोगाउन पर्ने महत्व पुर्न विषय रहेको उहाँले जानकारी दिनुभयो । विभिन्न ठाउमा जिर्ण अवस्थामा रहेका बिजुलीका पोलहरुलाई फेरबदल गर्नुपर्ने भएका कुराहरुलाई आउदै गरेको २८–२९ को हिउदे नगर अधिवेशन मा यिनै बिषयलाई लिएर मेरो पहिलो प्रस्ताव पेश गर्ने वडा सदस्य वाग्ले बताउनुहुन्छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुष्ठनाथ न्यौपानेले वडा नम्बर २ लाई व्यवस्थित बनाउन वडाध्यक्ष काशीराम श्रेष्ठ लगायतको जनप्रतिनिधी सडक अतिक्रमण गरेको भू भाग हटाउने तथा सार्वजानिक जमिन अतिक्रमण गरी बनाईएका घर तथा टहरा हटाएर व्यवस्थित गरेर नगरलाई सुन्दर बनाउने काममा टेवा दिएको बताउनुहुन्छ । वडा नम्बर २ ले वडाध्यक्ष श्रेष्ठ लगायतको सक्रियतामा डाङ्ग्रे खोल्सीमा अतिक्रमण गरी बनाएको संरचना डोजर लगाएर भत्काएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button