दमौलीमा आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुने

दमौली खबर संवाददाता
दमौली, मंसिर १५ गते । दमौलीमा पाँचौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको आयोजनामा हुने भएको हो । आगामी पुस २२ देखि माघ ३ गतेसम्म महोत्सव हुने तनहुँको व्यास नगरपालिका ३ विपि वनबाटिकामा परिषदका अध्यक्ष सुजित हिराचनले जानकारी दिनुभयो  । स्थानीय उत्पादनलाई बढावा दिने, परम्परागत कला र संस्कृतिको संरक्षण गर्ने, ओझेलमा परेका पर्यटकीय स्थलहरुको आवश्यक प्रचारप्रसार गरी आन्तरिक एवं बाह्य पर्यटक भित्राउन महोत्सव गर्न लागिएको आयोजकको दाबी छ ।
उक्त ठाउँमा महोत्सव गर्नका लागि व्यास नगरपालिकासँग अनुमति लिने काम भइसकेको परिषदका वरिष्ठ उपाध्यक्ष नन्दु थापा मगरले जानकारी दिनुभयो  । गत वर्ष तनहुँ उद्योग वाणिज्य संघले महोत्सव गरेको र आगामी वर्ष दमौली बजार इकाइले महोत्सव गर्ने सहमति परिषदसँग यस अघि नै भइसकेको आयोजकले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button