सुनिलको ‘दिउँला माया तिमीलाई’

अहिलेका युवाहरुको माझमा लोक पप गीतका कारण छाउन सफल गायक हुन सुनिल गिरी । तनहुँको व्यास नगरपालिका साविक श्याम्घा शेखाटारमा जन्मिएका उनी विगत ९ वर्षदेखि गायन क्षेत्रमा सक्रिय छन् ।

विद्यालय जीवन सकेर गिरी संगीत शिक्षाका लागि पोखरा पुगेका थिए । पोखरामा ३ महिने संगीत सिकेपछि थप पढाईका लागि उनी काठमाडौँ पुगेका थिए । गिरीले आफ्नो पहिलो गीत वि.सं २०७० मा सार्वजनिक गरेका हुन् । ‘को हो त्यो भन्ने गीतबाट नै उनी युवाहरुको माझमा छाउन सफल भएका हुन् ।

युवापुस्ता लक्षित पहिलो गीत लोकप्रिय भएपछि सुनिलले थुप्रै हिट गीत दिएका छन् । ‘पहिलो गीतले नै मलाई संगीतमा स्थापित बनाइदियो । गीत निकाल्नुभन्दा पहिले जति संघर्ष–दुःख गर्नुप¥यो, त्यसपछि पछाडि फर्कनुपरेको छैन’, उनी भन्छन् ।

अहिलेसम्म उनले दुई दर्जनबढी गीतहरु बजारमा ल्याइसकेका छन् । गिरीले मंगलबार दिउँला माया तिमीलाई भन्नी गित सार्वजनिक गरेका छन् । फेरी दिउँला मायामा गायक सुनिललाई बहुचर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । गिरी र पोखराकी उर्मिला गुरुङको जोडीमा रहेको उक्त संगित दमौलीको आसपासमा छायाङकन गरिएको हो ।

सुनिलकै शब्द, संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छन् । दमौलीमा रहेको भिक्टोरिया डान्स स्कुलका निर्देशक सर्जन थापा मगरको कोरियोगा्राफीमा तनहुँमा छायांकन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई रमणीय पर्यटकीय गन्तब्य स्थल मानहँुडाँडा र दमौलीमा छायांकन गरिएको हो ।

मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् । बिकेक विकको छायांकन र सम्पादन र कलरिंग गरेको भिडियो गायक सुनिलकै आफ्नै च्यानलबाट बजारमा ल्याइएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button