होसारको अवसरमा भलिबल प्रतियोगिता सुरु

दमौली खबर संवाददाता

मिलीजुली युवा क्लब बन्दिपुर ६ खहरेटारद्धारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिता शनिवारबाट सुरु भएको छ । बन्दीपुर ६ खहरेटार खेल मैदानमा आयोजीत उत्तध्m भलिवल प्रतियोगिताको वडा नम्बर ६ का वडाध्यक्ष बलबहादुर गुरुङले रेफ्रीलई भलिवल प्रदान गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा खेल संयोजक सिद्धान्त थापा, तुलचन्द्र ठकुरी, क्लवका अध्यक्ष रामबहादुर गुरुङ लगायतले खेलकुदको पुर्ण सफलताको कामना गरेका थिए । मिलिजुली युवाक्लवको पाँचौ बार्षिकोत्सवको अवसरमा आयोजित उक्त भलिवल प्रतियोगिताको शनिवारको एक मैत्रीपूर्ण खेल सहित चारवटा खेल सम्पन्न भएको छ । मिलिजुली युवा क्लव र दगरा युवा क्लव देवघाट विच मैत्रीपुर्ण खेल भएको थियो । शनिवार भएको पहिलो खेलमा आयोजक मिलिजुली युवा क्लव वि लाई जुनतारा युवा क्लव हलथुम्काले सिधा सेटमा विजयी हुन पुगेको थियो । दोस्रो खेलमा सिद्ध युवा क्लव हुस्लाङ्गले आयोजक मिलिजुली युवा क्लव ए लाई २–१ ले हराउन स फल भएको थियो । त्यस्तै नव सर्जक युवा क्लवलाई बेनिकोट युवा क्लवले २– १ ले जित हाँसिल गर्न सफल भएको छ । उक्त भलिवल प्रतियोगितामा २६ टिमको सहभागीता रहेको आयोजकले जानकारी दिएका छन् । प्रतियोगिता १८ गतेसम्म सञ्चालन हुनेछ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button