नेता अधिकारीको निधन प्रति पूर्वमन्त्री जोशीद्धारा दुःख व्यक्त

दमौली खबर संवाददाता दमौली १२ माघ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका निवासी नेपाली काँग्रेसका पुराना नेता तथा समाजसेवी ९२ वर्षिय ढुण्डीराज अधिकारीको बिहीबार निधन भएको छ । स्वर्गीय अधिकारीको निधन प्रति नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले दुःख व्यक्त गर्नु भएको छ । शोक विज्ञेप्ती मार्फत नेता जोशीले दुःख व्यक्त गर्नु भएको हो । अधिकारीको असामायिक निधन भएकोे खबरले अत्यन्त मर्माहत र दुःखीत भएको जोशीले उल्लेख गर्नु भएको छ । स्वर्गिय अधिकारी नेपाली काँग्रेस सङ्गठन निर्माण र आँबुखैरेनी गाउँपाालिकाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेता जोशीले विज्ञप्तीमा भन्नु भएको छ । उहाँको निधनले मैलै एक असल मित्र गुमाएको महशुस गरेको जोशीले उल्लेख गर्नु भएको छ ।

पञ्चायत कालिन कठिन अवस्थामा स्वर्गिय अधिकारीले आँबुखैरेनी काँग्रेसको सस्थापक भई संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेको पूर्व मन्त्री जोशीले उल्लेख गर्नु भएको छ । साथै नेता जोशीले शोकाकुल परिवारलाई टेलिफोन गरेर यस दुःखद घडीमा धैर्यधारणा गर्ने शक्ति मिलोस् भन्दै स्वर्गिय आत्माको चिरशान्तिको कामना गर्नु भएको थियो । नेता जोशीले स्वर्गिय अधिकारी अत्यन्त इमान्दार, पार्टीमा निरन्तर लागिरहने २००७ साल देखि नै पार्टीको संगठन विस्तारमा लागेको उल्लेख गर्नु भएको छ । स्वर्गिय अधिकारी बीपी कोइरालाको सिद्धान्त प्रति प्रतिबद्ध रहेको प्रजातन्त्रको सेनानी भएको नेता जोशीले उल्लेख गर्नु भएको थियो । यसैगरी बिपी विचार समाज तनहुँद्धारा पनि विज्ञेप्ती मार्फत दुःख व्यक्त गरिएको छ ।

समाजका सचिव हरिशरण पण्डितद्धारा जारी विज्ञेप्तीमा सिद्धान्त निष्ठ तथा विकास प्रेमी नेता अधिकारीको असामायिक निधन भएको खबरले समाज अत्यन्त दुःखीत भएको जनाइएको छ । स्वर्गीय अधिकारी तत्कालिन समयको जिल्ला पञ्चायतको उपसभापति तथा नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका पूर्व सभापति गोविन्द अधिकारीको पिता हुनुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button