पाँच पालिकामा थपिए २३ संक्रमित

तनहँुमा मंगलबार २३ जना नयाँ कोरोना संक्रमितका बिरामी थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार तनहँको पाँच पालिकामा २३ संक्रमित थपिएका हुन् । सबै भन्दा धेरै ऋषिङमा नयाँ संक्रमित भेटिएको छ । ऋषिङ गाँउपालिकाको वडा नं १ का ९ पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै भानु नगरपालिका वडा नं २ का तीन पुरुष, वडा नं ७ का दुई पुरुष र एक महिला गरि ६ संक्रमित थपिएका छन् । त्यस्तै बन्दिपूरका २२, ३०,२७ र ८९ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । भिमाद ५ का ६३ वर्षीय पुरुष र४ नं वडा का २८ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ । व्यासका दुई जनामा संक्रमण पुष्टि भएको छ । व्यास ५ का ६५ वर्षीय पुरुष र ८२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

तनहँुमा मंगलबार सम्म कोरोना भाइरस संक्रमितको संख्या ८ सय ९६ पुगेको छ । जसमध्ये ६ सय ६८ पुरुष र दुई सय १८ महिला रहेका छन् । निको हुनेको संख्या ६ सय ९ पुगको छ । त्यस्तै तनहँुको १० पालिका मध्ये सबैभन्दा बढी व्यास नगरपालिकामा संक्रमितको संख्या दुई सय ७८ पुगेको छ । जसमा एक सय ८८ पुरुष र ९० महिला रहेका छन् । व्यास पछि शुक्लागण्डकी नपामा ९७ पुरुष र ४९ महिला गरी एक सय ४६ संक्रमित पुगेका छन् । तनहँुमा अस्पताल तथा सरकार एवं नगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसन वार्डमा एक सय ५८ शैयाको व्यवस्था छ । तर २५ जना संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख शंखरबाबु अधिकारीमा अनुसार तनहँुका २ वटा अस्पताल तथा स्वास्थ्य संस्थाले व्यवस्था गरेको आइसोलेसनमा एकसय २० शैया रहेका छन् । जहाँ २५ जनामात्रै संक्रमितको उपचार भइरहेको छ । बाँकी स्वास्थ्य कार्यालय तनहँुका अनुसार ७० क्षमताको व्यासमा रहेको आइसोलेसनमा जम्मा १३ जना संक्रमित रहेका छन् । त्यस्तै तनहँुका ४ वटा छुट्टाछुट्टै आइसोलेसन केन्द्रमा ३८ जना संक्रमित रहेका छन् । यी ४ वटा आइसोलेसनमा ३८ वटा शय्या रहेका छन् । जहाँ आँबुखैरेनी गाँउपालिकाले निर्माण गरेको १२ शैय्या खाली रहेको छ । त्यस्तै भिमाद नगरपालिकाको र देवघाट गाँउपालिकाको आईशोलेसन कक्ष खाली रहेको छ । तनहँुमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमा पुरुष ७ र महिला ५ रहेका छन् । यहाँका १० पालिका मध्ये सबैभन्दा बढी व्यास नपाका २ पुरुष र ३ महिला गरी ५ जनाको संक्रमणको कारण मृत्यु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button