दमौली अस्पताल ११ महिना देखि निमित्त प्रमुखको भरमा

दमौली खबर संवाददाता

तनहुँ माघ १८

तनहुँको सदरमुकाम दमौली स्थित जिल्ला स्तरीय दमौली अस्पताल ११ महिना देखि निमित्तको भरमा सञ्चालनमा छ । अस्पतालमा लामो समयदेखि ‘मेडिकल सुपरिटेण्डन्ट’ नहुँदा सेवा प्रभावित बनेको छ ।

अस्पतालमा मेडिकल सुपरिडेण्डेन्टका रूपमा कार्यरत डाक्टर सुनिल पौड्यालको गत चैत्र १५ गते सरुवा भएपछि वर्षअघि स्वास्थ्य मन्त्रालमा काज सरुवा भएर गएपछि हालसम्म अस्पताल निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । अस्पतालमा कार्यतर डा. दिवश ढकालले निमित्तको रूपमा काम गर्दै आउनु भएको छ । १० औं तहका पौड्याल सरुवा भएपछि आठौं तहका डा. ढकाललाई अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिईएको हो ।

निमित्त प्रमुखले महत्वपूर्ण निर्णय गर्न तथा माथिल्लोे तहको कर्मचारीलाई काममा खटाउन समस्या पर्ने गरेको दमौली अस्पताल विकास समितिले जनाएको छ । समितिका अनुसार अस्पतालमा १० औं तहका कर्मचारी भएकाले जुनियर आठौं कर्मचारीले काममा खटाउँदा समस्या पर्ने गरेको हो । डा. ढकाल भन्दा माथिल्लो श्रेणीका ४ जना विशेषज्ञ डाक्टर दमौली अस्पतालमा छन् । दशौं तहका कर्मचारी भएपनि करारका कर्मचारी भएकोले मेडिकल सुपरिडेण्डेन्टको जिम्मेवारी दिन नमिलेको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो । यो अस्पताल गण्डकी प्रदेश सरकार मातहतमा रहेको छ ।

गण्डकी प्रदेश सरकारलाई पटक पटक प्रमुखको व्यवस्था गर्न माग गरेपनि १० औं तहको स्थायी कर्मचारी पठाउन नसकेको थापाले बताउनुभयो । ‘‘मूख्यमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीलाई भेटेर जानकारी गरायौं तर उहाँहरुले जनशक्ति अभाव भएको पठाउन सकेनौं भन्नुभयो’’ अध्यक्ष थापाले भन्नुभयो । अध्यक्ष थापाले १५ बेड क्षमताको अस्पतालमा ५० बेड सञ्चालन गरिएकोले जनशक्तिको अभाव भईरहेको र मेडिकल सुपरिटेन्डेन्ट नहुँदा कर्मचारी व्यवस्थापन समस्या पर्ने गरेको जानकारी दिनुभयो ।

यहाँ शल्यक्रिया, मृर्गौला डायलायसिस, प्रसूतिमा शल्यक्रिया लगायतका सेवा उपलब्ध भएपछि यहाँ आउने बिरामी बढेका छन् । तर महिनौ दिनसम्म पनि अस्पतालले प्रमुख नपाउँदा यहाँबाट उपलब्ध गराइने सेवा र सुविधामा प्रभाव परेको समितिले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button