बिपन्नलाई न्यानो कपडा सहयोग गरौं

चिसो सिरेठोमा लुगलुग कामेर बस्ने रहर कसैको पनि हुँदैन । विपन्नले घेरिएको केही यस्ता घरहरु छन् जहाँ न्यानो घाम लाग्दैन । जाडोमा दाउरा बालेर रात कटाउने थुप्रै घरहरु छन् । जो विपन्नताले गर्दा न्यानो सिरक डसना तथा कपडा लगाउन पाएका छैनन् तिनिहरुलाई जाडो कपडाको मद्धत गरिनु सबैको दायित्व हो । विशेष गरेर स्थानीय सरकार दायित्वको बढी छ । तनहुँको म्याग्दे गाँउपालिकाले जाडो कटाउन वडा नम्बर ३ तिलहार स्थित अपाङ्गता भएको परिवारलाई न्यानो कपडा सहयोग गरेर दायित्व पुरा गरेको छ । गाँउपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत चन्द्रवहादुर चदारोलाई न्यानो कपडा प्रदान गरिएको बताईएको छ ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेल आर्थिक रुपमा विपन्न तथा वहुँअपाङ्ग भएका चदारोलाई प्रदान गर्नुभयो । आर्थिक रुपमा विपन्न र अपाङ्गता भएकाको जीवनयापनलाई सहज वनाउने, उनीहरुको न्युनतम गाँसवास कपासका लागी पालिकाले यो जाडोमा न्यानो कपडा वितरण गरेर राम्रो काम गरेको छ । न्यानो कपडा वितरणमा १ थान फाईवरको सिरक, रुवाको डसना १ थान, तन्ना १ थान र सिरानी १ थान गरि कुल ४ हजार ३ सय वरावरको समाग्री प्रति परिवार वितरण गरिएको बताईएको । चदारो जस्तै अरु छुटेका विपन्न परिवारलाई पनि सहयोग गर्नुपर्दछ । अरु पालिकाले पनि बिपन्नताको कारणले जाडो कटान कठिन भएका परिवारको पहिचान गरी मद्धत गर्न ढिला गर्नुहँदैन । माछा मारेर दिनुभन्दा माछा मार्न सिकाउनु पर्छ भने झै पालिकाले बिपन्नलाई आयस्तर बढाउन कसरी सकिन्छ त्यसबारेमा चासो राख्नु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
  • All
    कृषक
Back to top button