तनहुँमा ६ वटा मतदान स्थल अति संवेदनशिल

दमौली खबर संवाददाता
दमौली, असोज २५ ।  तनहुँमा ६ वटा  मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन् । मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाईएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ ।
 समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशिल र सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको छ । समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले १४२ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले ६ अति संवेदनशील, ५२ वटा संवेदनशिल ८२ वटा सामान्य रहेको जानकारी दिनुभयो । विगतका निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्था लगायतलाई आधार बनाइ मतदानस्थलको वर्गीकरण गरिएको समितिले जनाएको छ । समितिका  अनुसार  निर्वाचनमा मतदानस्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाइने छ । ती मतदानस्थलबाट मतगणनास्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता अपनाइने छ  । संवेदनशील स्थलहरुमा सुरक्षालगायत अन्य हिसाबले प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो । स्वच्छ,  शान्तिपूर्ण, भयरहित वातावरणमा मतदाताले मत खसाल्न पाउने गरी सुरक्षाको उचित प्रबन्ध मिलाएका छौं’ प्रअिज अर्यालले भन्नुभयो । मतदान स्थलहरुलाई वर्गीकरण गर्दा भूगोल, यातायात, जिल्लागत सीमालगायतका विषयहरुलाई आधार मानेर वर्गीकरण गरिएको समितिले जनाएको छ  । मतदान स्थलमा नेपाल प्रहरी, म्यादी प्रहरी र मोबाईल टोलीमा नेपाली सेना र शसस्त्र प्रहरी परिचालन गरिएको अर्यालले जानकारी दिनुभयो ।
     नं.२३ मनकामनागण भानुका गणपति शसस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद आचार्यले प्रतिनिधी सभाको दुई निर्वाचन क्षेत्रमा शसस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली र प्रदेश सभाको चार वटा निर्वाचन क्षेत्रमा शसस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ८÷८ जनाको टोली परिचालन गरिने जानकारी दिनुभयो । यसैगरी सहायक शसस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ८ वटा टोली समेत परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button