मुद्धाको सुनुवाईलाई आलेटाले नगरौं

दमौली खबर संवाददाता

बलकारको अभियोगमा तनहुँ कारागारमा रहेको नायक पल शाहको मुद्धाको सुनुवई छैंटो पटक सम्म हुन सकेको छैन । धेरै पटक सुनुववाई स्थिगित भएकोले आलेटाले गरेको भन्ने सन्देश प्रवाह हुन्छ । पलको मात्रै हैन अन्य मुद्धामा पनि ढिलाई गर्नु हुँदैन । दोषी हो भने सजाए हुनु पर्छ यदी निदोर्ष भएर पनि लामो समय जेल बस्नु पर्ने अवस्था अन्त्य गरिनु पर्दछ । ढिलो न्याय पाउनु भनेको न्याय नपाउनु सरह भएकोले त्यसतर्फ गंभिर हुनु पर्दछ । नायक पलको अनुसन्धानको लागि नवलपुर अदालतको फैसला माग गरिएको छ । कलाकार पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ गर्ने दिन सोमबार सो फैसला माग गरिएको हो । यो फैसला धेरै अघि गरिएकोले आवश्यक परेमा पहिले नै माग गर्न सकिने अवस्था थियो । अभिनेता शाह माथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुव्र्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ । नवलपुर अदालतमा चलेको मुद्धा के कस्तो अवस्थामा चलेको छ फैसला भए फैसलाको प्रमाणित कपि उपलब्ध गराउन भनि तनहुँ जिल्ला अदालतमा पत्रचार भएको बताईएको छ । मुद्धाको अध्ययन गर्दै जाँदा नवलपुर अदालतमा के फैसला हुन्छ त्यो फैसलालाई तनहुँ जिल्ला अदालतमा पटके कामय हुने भन्ने माग दाबी लिएर जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दायर गरेकोले माग गरिएको बताएको छ । पीडित भनिएकी बालिका र उहाँका बुबाले समेत दुवै अदालतमा बलत्कार हैन भनि बयान फेरेकाले यो मुद्धालाई चासोका साथ हेरिएको अवस्थामा पटक पटक सुनुवाई सर्दा शंका तथा उपशंका उब्जिएको छ । यस्तो हुनु भनेको न्यायलयले आफ्नो गरिमालाई घटाउनु हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button